सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भारतको उत्तर प्रदेशको बागपतमा इज्जतका लागि एक दाइले आफ्नी बहिनीको हत्या गरेका छन् ।यी दाइले बहिनीलाई फोनमा कुरा गरिरहेको देखेका कारण गला काटिदिएको बताइएको छ ।बहिनीको हत्यापछि ती व्यक्ति चक्कु लिएर सिधै पुलिस स्टेशन पुगेर आफ्नो अपराधबारे जानकारी दिएका छन् ।पुलिसले छानबिनपछि शवलाई पोष्मार्टमको लागि पठाएको छ ।शहरको देवी चोक निवासी पप्पु भनिने महबूबको कस्मेटिकको पसल छ ।
शनिबार राती उनको परिवारका धेरैजसो सदस्या एक कार्यक्रममा सहभागी हुन गएका थिए ।घरमा उनीहरुको ३० वर्षीया छोरी बुद्धो भनिने सायरा एक्लै थिइन् ।स्रोतका अनुसार राती करिब पौने ९ बजे सायरका दाइ आसिफ घर पुगे ।सायरा फोनमा कुरा गरिरहेको देखेर आसिफ रिसले चुर भएर र एक्कासी चक्कुले बहिनीमाथि हमला गरेका थिए ।त्यसको केही क्षणमा सायराको मृत्यु भयो ।त्यसपछि आरोपी चक्कू लिएर १५० मिटर टाढा रहेको पुलिसथाना गए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा