सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । एनआइसी एसिया बैंकले भक्तपुरको सूर्यविनायक नगरपालिका परिसरमा ९३औं विस्तारित काउन्टर सुरु गरेको छ । पूर्वमन्त्री महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा र बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने संयुक्त रुपमा उक्त काउन्टर उद्घाटन गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
काउन्टर उद्घाटन कार्यक्रममा बोल्दै पूर्वमन्त्री बस्नेतले सूर्यविनायक नगरपालिकाले पेपरलेस प्रविधिलाई प्राथमिकताका साथ राखिरहेको अवस्थाबीच एनआइसी एसिया बैंकसँगको साझेदारीले ई–बैंकिङजस्तो महत्त्वपूर्ण विधाले नगरपालिकाको प्राथमिकतालाई थप सशक्त बनाउन मद्दत पुर्याउने बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले सूर्यविनायक नगरपालिकाको सम्पूृर्ण बैंकिङ कारोबार व्यवस्थापन गर्ने जिम्मेवारी दिएकोमा धन्यवाद ज्ञापन गर्दै देशकै नमूना नगरपालिका रुपमा रहेको सूर्यविनायकको बैंकिङ पार्टनर हुन पाउनुलाई बैंकले निकै ठूलो गौरवको विषय ठानेको बताए ।
सूर्यविनायकका मेयर थापाले विस्तारित काउन्टरबाट सम्पूर्ण नगरबासीले आधुनिक बैंकिङ सेवा प्राप्त गर्नुका साथै कर्जा सुविधा समेत उपभोग गर्न पाउने बताए ।
उद्घाटन समारोहमा विशिष्ट अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, सूर्यविनायक नगरपालिकाका उपमेयर श्रीमती जुना बस्नेत, प्रमुख प्रशासकिय अधिकृत कमल ज्ञवाली, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख भवराज जोशी, सूर्यविनायक नगरपालिकाका वडा अध्यक्षज्यूहरू, नगर सदस्यज्यूहरू एवं यस बैंकका उच्च पदस्थ पदाधिकारीको उपस्थिति रहेको बैंकले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा