सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ३० फागुन । सुन तस्करीको आरोपमा पक्राउ परी अनुसन्धानको क्रममा थुनामा रहेका एसएसपी श्याम खत्रीको श्रीमतीका नाममा सुन पसल दर्ता रहेको अनुसन्धानबाट खुलेको छ । उनले तीन वर्ष अगाडि नै लाइसेन्स लिएको हो । तर उनले लाइसेन्स लिएको ‘अलंकार इन्टरप्राइज’ नामको गहना तथा सुन पसल कहि कतै भेटिएको छैन । सुन माफियासँग सम्बन्ध बढेपछि उक्त सुन पसल दर्ता गराएको हुन सक्ने सीआईबीको अनुमान छ ।
श्रीमतीका नाममा लाइसेन्स लिएको भए पनि सञ्चालनमा नल्याइकन तीन वर्ष अघि नै रवीन्द्र केसीलाई विक्री भएको देखिएको छ । सीआइबी स्रोतका अनुसार खत्रीको बैंक कारोवार र घर जग्गा तथा सम्पतिका बारे सम्बन्धित निकायसंग पत्राचार भईरहेको छ । हाल उनको बैंक विवरण आइसकेको छैन । एसएसपी खत्रीले एकजना साडी व्यापारीलाई महिनाको २ प्रतिशतका दरले १७ लाख रुपैंया ब्याजमा लगानी गरेको पनि भेटिएको छ । न्युरोडमा सञ्चालित रितु इन्टरप्राइजेका सञ्चालकलाई लगानी गरेको १७ लाखको स्रोत नदेखिएको सीआईबीले जनाएको छ । तर, ब्याज बढाएर तीन प्रतिशत पुर्याएपछि व्यापारीले खत्रीको पैसा फिर्ता गरिदएको देखिएको छ । एसएसपी खत्रीसहित ३३ जनाविरुद्ध मुद्दा चलाएको सीआइबीले १२ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ परेका सबैको सम्पति विवरण खोजी भैरहेको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा