• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मलाई अध्यक्ष बनाउने समूहमा गएर पार्टी एकता गर्छुः वामदेव गौतम

      कोरियाली प्रायदिपको शान्तिपूर्ण पूनमिलनको बातावरण बन्दै : कुटनितिक बिज्ञहरु

      घोषणा गरेकै समयमा चुनाव हुनेछः प्रधानमन्त्री ओली

      प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दै मङ्गलबार

      नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पूँजीकरण ३२ खर्ब ८७ अर्ब

      जनताका बीचमा गएर नयाँ जनमत लिने अवसरः गृहमन्त्री थापा

      ‘प्रधानमन्त्रीबाट पाका अधिवक्ताको अपमान सम्पूर्ण ज्येष्ठ नागरिक अनि सभ्य समाजकै अपमान’: कांग्रेस

      २४ घण्टामा थप ३३९ जनामा कोरोना पुष्टि, ४०१ संक्रमणमुक्त, १० जनाको मृत्यु

      कुवेतको लुलु एक्सचेन्जबाट ‘मेगा रेमीट’ सेवा

      आठ जिल्लामा एकैसाथ कोरोना खोप अभियान सुरु गरिने

      बहिरा कलाकारद्वय सुजल बम र श्रद्धा भुसाललाई अवार्ड

      नेपाल एयरलाइन्सका पाइलटले गरे पदमार्ग सफाइ

      झापामा लागुऔषध नियन्त्रणमा समस्या

      हात्तीले भत्कायो आरक्ष विस्थापितका झुपडी

      नेपालको वन विकास क्षेत्रमा सघाउन इजरायल तयार

    होमपेज /  गण्डकी

    पुनःनिर्माणमा अल्झिएको गोरखा दरबार

    रासस

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    १७ पुष २०७७, शुक्रबार १७:२८
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    गोरखा । गोरखा भूकम्पले क्षति पुर्याएको नेपालकै ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गोरखा दरबारको पुनःनिर्माणको काम शुरु भएको तीन वर्ष पूरा भइसक्यो । राष्ट्रिय पुरातत्व विभागले गएको विसं २०७६ पुसभित्र दरबार पुनःनिर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरेर दरबार पुनःनिर्माणको काम अघि बढाएको थियो तर निर्धारित समयमा दरबारको पुनःनिर्माण पूरा हुन सकेन । पुरातत्व विभागले पुनः २०७७ को जेठभित्र निर्माण सक्ने गरी ठेकेदार कम्पनीलाई पहिलो पटक म्याद थप गरिदियो तर पनि काम सम्पन्न गरेन । फेरि गएको मङ्सिर मसान्तसम्म अन्तिम पटक भन्दै म्याद थप भए पनि अझैसम्म दरबार पुनःनिर्माणको काम लगभग आधा जसो बाँकी नै छ ।

    दरबारको पहिलो तल्लामा गारो लगाउने काम सकिएको र अहिले दलान राख्ने काम भइरहेको छ । “यही गतिमा दरबार पुनःनिर्माण हुने हो भने अझै कहिले दरबार निर्माणको काम सम्पन्न हुन्छ भन्ने यकिन छैन”, गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालले भने, “पुनःनिर्माणको गति अत्यन्तै सुस्त छ, पटकपटक म्याद थप गरी गएको मङ्सिरभित्र निर्माण सम्पन्न हुनुपर्ने दरबार अझै निर्माण हुन सकेको छैन ।” ठेकेदार कम्पनीसँग पुरातत्व विभागले थप गरेको अन्तिम पटकको समयसीमा भने सकिएको छ । अहिलेसम्म दरबारको जगदेखि भूइँतलासम्मको काम सम्पन्न गरी पहिलो तलाको काम अन्तिम चरणमा पुगेको उनी बताउँछन् ।

    “पहिलो तलामा पाखादलिन, टुँडालहरु राख्ने काम भइरहेको छ”, प्रमुख भुसाल भन्छन्, “दोस्रो तलाको पूरै काम बाँकी छ, त्यसपछि दरबारको बरण्डा, झ्यालहरु तथा छाना राखेर छानामा झिंगटी राख्ने काम हुन्छ ।” उनका अनुसार अन्यत्र भएका कामको अनुभवका आधारमा हेर्दा अझै पनि ठेकेदार कम्पनीले नियमित आवश्यक जनशक्तिको प्रयोग गरी काम गरे पनि अझै आउने तीन÷चार महिनाअघि दरबार पुनःनिर्माण सम्पन्न हुनसक्ने अवस्था छैन । “थपिएको म्याद सकिएपछि पुनःम्याद थप गर्ने वा ठेकेदार कम्पनीलाई कारवाही गरेर अघि बढ्ने भन्नेमा पनि कुनै निर्णय भएको छैन”, उनले भने, “अन्तिम पटक भनिएको समय सकिएको छ अहिले काम भने नियमित भइरहेको छ ।”
    भुसालका अनुसार तीन वर्षमा दरबार पुनःनिर्माणको काम करिब ६५ प्रतिशत मात्र सकिएको छ । “पुरातत्व विभागले दरबार नभत्काउँदै गरेको पुनःनिर्माणको डिजाइन र भत्काइसकेपछि संरचना हेरेर डिजाइन परिवर्तन गर्नुपर्दा छ महिना जति ढिलाइ भयो”, उनले भने, “त्यसपछिका दिनमा ठेकेदार कम्पनीले आफूले लिएको जिम्मेवारीप्रति उदासिनता देखाएका कारणले नै पुनःनिर्माण कार्य ढिलासुस्ती हुँदै गएको हो ।” अब म्याद थप हुने नहुने भन्न सक्ने अवस्था नरहेको भुसालले बताए ।

    रङ्ग महल र कालिका मन्दिर पनि बनेन

    मूल दरबार पुनःनिर्माणमा ढिलाइ हुँदा भूकम्पले क्षति पुर्याएका गोरखा दरबारभित्र रहेका अन्य ऐतिहासिक र धार्मिक संरचना निर्माणको कामसमेत अन्योलमा परेको छ । मूल दरबार निर्माण नभई अन्य संरचना भत्काउँदा त्यहाँ हुने सांस्कृतिक गतिविधि असर पर्ने हुँदा अन्य संरचना निर्माणको काम अघि बढाउन नसकिएको प्रमुख भुसाल बताउँछन् । रङ्गमहल र कालिका मन्दिरको संरक्षणको काम दरबार पुनःनिर्माणपछि मात्र अगाडि बढ्ने र हाल लागत अनुमान र नक्साङ्कनको काम भइरहेको उनले बताए ।

    उनले भूकम्पले क्षति पुर्याएका कालिका मन्दिर र रङमहलमा आउदो चैत महिनाभित्र पानी चुहिने छानामा जस्ता राखेर भए पनि पानी चुहिने समस्याको समाधान गर्न लागिपरेको बताए । त्यहाँ मन्दिरमा आउने भक्तजन तथा पर्यटकलाई असर नपर्ने गरी काम गर्ने तयारी भइरहेको उनको भनाइ छ । दरबार भत्काएर यसरी नै ढिलासुस्ती गर्नुभन्दा रेट्रोेफिटिङ प्रविधिबाट पनि जान सकिने गरी छलफल भइरहेको प्रमुख भुसालले बताए ।

    दरबार नबन्दा नियमित पूजामा समेत कठिनाइ

    दरबार पुनःनिर्माणमा ढिलाइ हुँदा मन्दिरमा नियमित नित्य पूजामा समेत कठिनाइ भएको मन्दिरका पुजारीहरु बताउँछन् । “विभिन्न कारण देखाएर दरबार निर्माण समयमा नहुँदा मन्दिरसम्म सजिलै भक्तजन आउनसक्ने अवस्थासमेत छैन, कालिका मन्दिरका पुजारी शम्भु अर्यालले भने, “भक्तजनको गुनासो आफूहरुले सुन्नुपरेको छ, तर दिने जवाफ केही हुँदैन ।”

    यसअघि मन्दिरमा आउने भक्तजनहरुले परिसरमा बस्ने, रातबसेर समेत पूजाआजा गर्ने गरेको भए पनि अहिले दरबार पुनःनिर्माण नहुँदा त्यो अवस्था नरहेको पुजारी अर्यालले बताए । समयमा पुनःनिर्माण नहुँदा नकारात्मक सन्देश गइरहेको छ, उनले भने, ‘‘सकेसम्म छिटो निर्माण गर्न पहल गर्नुपर्छ, अब सबैले चासो दिनु आवश्यक छ ।’’ भूकम्प गएको यति लामो समयसम्म पनि किन दरबार निर्माण नभएको भनेर भक्तजन तथा पर्यटकहरुले प्रश्न सोध्ने गरेको पुजारी अर्याल बताउँछन् ।

    छिटो बनोस् भन्ने भक्तजनहरुको चाहना

    दरबार पुनःनिर्माणमा ढिलाइ हुँदा दरबार हेर्न पुग्ने पर्यटक तथा पूजाआजाका लागि पुग्ने भक्तजन भने निरास भएर फर्कने गरेका छन् । “समयमा दरबार पुनःनिर्माण नहुँदा हामीलाई आउनलाई पनि दरबार बनेको छैन, राम्रो छैन भनेर सोच्नुपर्ने अवस्था छ”, उनीहरुको भनाइ छ । मनमा दरबार छिटो बने हुन्थ्यो भन्ने अनुभूति हुने गरेको भए पनि भूकम्प गएको पाँच वर्ष बितिसक्दा पनि दरबार पुनःनिर्माण हुन नसक्नु दुःखद् भएको यहाँ आउने भक्तालु बताउँछन् ।

    ठेकेदारको लापरवाहीले ढिला भएको स्थानीयको आरोप

    यता स्थानीवासीले भने ठेकेदारको लापरवाहीले गोरखा दरबार पुनःनिर्माणमा ढिलाइ भएको बताउँछन् । यो ठेकदारको लापरवाही हो, गोरखा नगरपालिका वडा नं ६ का स्थानीयवासी मिलन लामाले भने, “जति समयमा काम गर्छु भनेर सम्झौता ग¥यो त्यो नगरेको देखिन्छ, गरेको काम पनि त्यति राम्रो भएको देखिँदैन”, उनले पुराना काठ प्रयोग गर्ने भनिए पनि बिग्रेका सडेका काठकोसमेत प्रयोग भएको बताए ।

    उनले दरबार पुनःनिर्माणका क्रममा अनुगमन गर्ने निकायले नियमित चासो दिन नसक्दा पनि पुनःनिर्माणमा ढिलाइ भएको हुनसक्ने बताउँछन् । उनले पुनःनिर्माणमा ढिलाइ हुँदा दरबारको अवलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा समेत कमी आउन थालेको बताए । त्यस्तै मन्दिरमा पूजा सामग्री बिक्री गरेर जीविकोपार्जन गर्दै आएका साना व्यवसायीसमेत विस्थापित हुनुपर्ने अवस्था पुगेको लामाको भनाइ छ ।

    “भूकम्प गएको यत्तिका समय भइसक्यो, अहिलेसम्म पनि निर्माण हुन सकेको छैन, स्थानीयवासी शर्मिला योगीले भनिन्, “दरबार पुनःनिर्माण नहुँदा यहाँ आउने भक्तजन घटे, दरबार वरपर सयौँ परिवार यही दरबारको भरमा चलेको रहेछ भन्ने अनुभूति अहिले भएको छ ।” भक्तजन आउँदा स्थानीयको व्यापार व्यवसाय राम्रो हुने गरेको भए पनि अहिले व्यवसाय ठप्प जस्तै भएको उनले बताइन् ।

    चैतसम्म निर्माण सम्पन्न गर्ने ठेकेदार कम्पनीको दाबी

    निर्माण व्यवसायी कम्पनीका सवइञ्जिनीयर अक्सर अलिमियाँले भने पाखा दलिन राखेको एक महिनाभित्रमा दरबारको दोस्रो तल्लामा गारो लगाउने काम सक्ने दाबी गर्छन् । उनले यो वर्षको अन्त्यसम्ममा दरबार पुनःनिर्माणको काम सम्पन्न गर्ने लक्ष्य आफूहरुको रहेको बताए । अहिले दरबारको परम्परागत झ्याल ढोका निर्माणका लागि छ जना काठको काम गर्ने दक्ष जनशक्तिले अहिले नियमित काम गरिरहेको बताए ।

    राष्ट्रिय पुरातत्व विभागबाट दरबार पुनःनिर्माणमा खटिनुभएका इञ्जिनीयर नारायण बोहोराले सकेसम्म कमीकमजोरी हुन नदिन लागिपरेको बताए । “प्राविधिकरुपमा हेर्दा काठको समस्याका कारण पनि पुनःनिर्माणमा ढिलाइ भएको देखिन्छ”, उनले भने, “पर्याप्तमात्रामा निर्माण व्यवसायीले चाहेर पनि काठ ल्याउन सकेका छैनन्, अब बल्ल पर्याप्त जनशक्ति र सामग्री पनि आएको छ ।” दरबार पुनःनिर्माणको शुरु गर्ने चरणमा डिजाइन परिवर्तन गर्दा समय खेर गएको भए पनि ठेकेदार कम्पनीलाई दुई पटकसम्म म्याद थप गर्दा समेत दरबार बनाउन नसक्नु उसको कमजोरी भएको उनी बताउँछिन् ।

    राष्ट्रिय पुरातत्व विभागले २०७४ कात्तिकमा पचली सिवाको जेभी कन्सट्रक्सनसँग गोरखा दरबार पुनःनिर्माण गर्न ठेक्का सम्झौता गरी काम अघि बढाएको थियो । पुनःनिर्माणको काम शुरु भएदेखि अहिलेसम्म पटकपटक कहिले कामदारको अभाव त कहिले सामान ढुवानीको समस्यालगायतका कारण देखाउँदै काम रोकिने गरेको छ । पुनःनिर्माणका लागि दरबार भत्काउने बेलादेखि नै कामदार आउने र काम छोडेर जाने गरेकाले पनि निर्माणमा ढिलाइ भएको हो ।

    पुरातत्व विभागले २०७६ पुस महिनाभित्रमा दरबार पुनःनिर्माण सम्पन्न गर्ने गरी सिवाको जेभी कन्सट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । तत्कालीन राजा रामशाहको पालामा विसं १६६६ ताका बनेको अनुमान गरिएको गोरखा दरबार करीब रु चार करोड ३७ लाखमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको हो ।

    नेपाल एकीकरणमा महत्वपूर्ण योगदान पुर्याएका तत्कालीन राजा पृथ्वी नारायण शाहको जन्मस्थल रहेको यो दरबार नेपालको महत्वपूर्ण ऐतिहासिकस्थल मानिन्छ । गोरखा सदरमुकामभन्दा माथि पहाडको टुप्पामा रहेको यस दरबारको पश्चिम दिशामा देवी गोरखकालीको मन्दिर छ भने गोरखकाली मन्दिरको तलतिर गुफामा गोरखनाथको मन्दिरसमेत रहेको छ । भूकम्पले भत्काएको गोरखनाथको गुफा भने यसअघि नै निर्माण सम्पन्न भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    वाग्मती प्रदेशका १३ जिल्लाका लागि लोकसेवाले माग्यो ठुलो संख्यामा कर्मचारी, विज्ञापन सहित

    हुम्लामा माघ १५ देखि पठनपाठन हुने

    बाढीपहिरोको उच्च जोखिममा तनहुँ

    गण्डकीमा ७३ जना कोरोना सङ्क्रमित थपिए, एकको मृत्यु

    झापा कारागारमा ६० विदेशी कैदीबन्दी

    पर्वतको कुश्मास्थित खुर्कोट सवस्टेशन चार्ज शुरु

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मलाई अध्यक्ष बनाउने समूहमा गएर पार्टी एकता गर्छुः वामदेव गौतम

    कोरियाली प्रायदिपको शान्तिपूर्ण पूनमिलनको बातावरण बन्दै : कुटनितिक बिज्ञहरु

    घोषणा गरेकै समयमा चुनाव हुनेछः प्रधानमन्त्री ओली

    प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दै मङ्गलबार

    नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पूँजीकरण ३२ खर्ब ८७ अर्ब

    कोरियाली प्रायदिपको शान्तिपूर्ण पूनमिलनको बातावरण बन्दै : कुटनितिक बिज्ञहरु

    घोषणा गरेकै समयमा चुनाव हुनेछः प्रधानमन्त्री ओली

    २४ घण्टामा थप ३३९ जनामा कोरोना पुष्टि, ४०१ संक्रमणमुक्त, १० जनाको मृत्यु

    विप्लव नेतृत्वको नेकपाका नेता अनिल विरही रिहा

    निर्वाचन आयोगले दिएन नेकपा विभाजनलाई मान्यता, पहिलेकै पार्टी यथावत रहने निर्णय

    मलाई अध्यक्ष बनाउने समूहमा गएर पार्टी एकता गर्छुः वामदेव गौतम

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पूँजीकरण ३२ खर्ब ८७ अर्ब

    कुवेतको लुलु एक्सचेन्जबाट ‘मेगा रेमीट’ सेवा

    वाग्मती प्रदेशका १३ जिल्लाका लागि लोकसेवाले माग्यो ठुलो संख्यामा कर्मचारी, विज्ञापन सहित

    सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

    पुँजीगत खर्च साढे १९ प्रतिशतले घट्यो

    सेतोखबर बिशेष

    बालुवाटार जग्गा प्रकरणमा नाम जोडिएपछि लीलामणि पौडेलले सार्वजनिक गरे तथ्यपत्र

    काठमाडौँ । बालुवाटार जग्गा प्रकरणमा पटक पटक नाम जोडिएपछि पूर्व मुख्यसचिव लीलामणि पौडेलले तथ्यपत्र सार्वजनिक गर्नुभएको छ । पौडेलले पत्रपत्रिका र सामाजिक संजालमा...  विस्तृतमा

    ‘जेटका दुई पाइलट थियौं तर ओलीले एक्लै जहाज उडाउन खोजे’: प्रचण्ड

    नेपालमा पनि नयाँ प्रजातिको कोरोना भाइरस फेला

    मिस मंगोल जाङमु शेर्पासँग वैवाहिक सम्बन्धमा बाँधिदै मुख्यमन्त्री शेरधन राई

    ‘कोभिशिल्ड’ खोपलाई आपतकालिन प्रयोग गर्न नेपाल सरकारले दियो अनुमति

    जी न्यूजले माफी माग्दै भन्यो: ‘माउन्ट एभरेस्ट नेपालकै हो र नेपालकै रहनेछ’

    जी न्युजको नेपाली राष्ट्रियतामाथि निरन्तर प्रहार, भन्यो ‘सगरमाथामा पनि भारतले दाबी ठोक्नुपर्छ’

    आज २९९ औँ पृथ्वी जयन्ती, को हुन पृथ्वीनारायण शाह ? छोटो जिवनी सहित

    नेपाली भूभाग समेटेर नयाँ नक्सा छापेपछि मविरुद्ध षड्यन्त्र शुरु: प्रधानमन्त्री ओली

    सेयर बजारले बनायो इलोन मस्कलाई संसारकै सबभन्दा धनी

    उपत्यकामा हालसम्मकै उच्च वायु प्रदुषण, घर बाहिर ननिस्कन सरकारको आग्रह

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑