सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन ३० – आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिप अन्तर्गत सोमबार भएको खेलमा नेपाललाई केन्याले एक सय ५६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको केन्याले ४६ दशमलव १ ओभरमा सबै विकेट गुमाएर एक सय ५५ रन बनाएको हो । नेपालका शरद भेषावकरले तीन तथा मेहबुब आलम र बसन्त रेग्मीले दुई दुई विकेट लिए । यस्तै सागर पुन र सन्दिप लामिछानेले एक एक विकेट लिए । केन्याका लागि कोलिन्स ओबुयाले ४८, इरफान कारिमले ३८ तथा रकिप पटेलले २१ रन बनाए ।
शनिबार ५ विकेटले पराजित हुँदै २ अंक गुमाएको नेपाल सोमबार फेरि केन्यासँग खेलिरहेको हो । सोमबार मौसम सफा भएकाले ५० ओभरकै खेल हुनेछ । सोमबार पनि नियमित कप्तान पारस खड्का खेलको छैनन् । नेपाली टोली ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदानमा छ ।केही दिन अघि पेटको शल्यक्रिया गरेका पारसको स्वास्थ्य अवस्था पूर्णतया फिट भइनसकेकाले केन्यासँगको पहिलो खेलमा पनि उनी खेलेका थिएनन् । शनिबारको खेल हारेपछि प्रतियोगिताको शीर्ष ४ मा रहने गणितीय सम्भावना मात्र बाँकी छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा