सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ ।। साउथ स्टार रामचरण तेजा कोरोना भाइरसबाट सङ्क्रमित बनेका छन् । मङ्गलबार सामाजिक सञ्जालमा पोस्ट गर्दै रामचरणले आफ्नो कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् ।
कोरोना रिपोर्ट पोजेटिभ आए पनि आफूलाई कुनै लक्षण नदेखिएको र हाल आफू घरमै क्वारेन्टाइनमा बसेको बताएका छन् । उनले आफूसँग सम्पर्कमा आएका सबैलाई कोरोना टेस्ट गर्नसमेत अपील गरेका छन् ।
रामचरण केही दिनयता लेखक तथा निर्देशक एसएस राजामोलीको फिल्म आरआरआरको छायाङ्कनमा व्यस्त थिए ।
Request all that have been around me in the past couple of days to get tested.
More updates on my recovery soon. pic.twitter.com/lkZ86Z8lTF— Ram Charan (@AlwaysRamCharan) December 29, 2020
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा