सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं ३० फागुन । सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले लिखित रुपमा चुनाव स्थगित गर्न माग गरेको छ । चुनाव स्थगित नगरेसम्म सरकारलाई दिएको अल्टिमेटमबाट पछि नहट्ने मोर्चाको अडान छ । तमलोपाका अध्यक्ष तथा मोर्चाका शीर्ष नेता महन्त ठाकुरले अब चुनावस्थगन नभएसम्म कुनैपनि हालतमा अडानबाट पछि नहट्ने बताए । नेपाली रेडियो नेटवर्कमा नेपाली बहसमा ऋषी धमलासँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले अब मधेसी मोर्चालाई अपहेलित गर्ने दलहरुका अगाडी नझुक्ने चेतावनी दिए । उनले मधेसी मोर्चाले राखेको माग पारित हुनेगरि संविधान संसोधन अगाडी बढाउनुपर्ने बताए ।‘मधेसी नेता र जनतालाई धकेल्ने काम भइरहेको छ अब त्यो सैह्य हुन्न’ निर्कै आक्रोसित सुनिएका ठाकुरले भने, ‘अब हामीले राखेको अल्टिमेट अनुसार काम भएन भने हामी सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौ । ’ उनले मधेसमा भाषाका हिसावले हिन्दी हुनुपर्ने पनि जिकिर गरे । पहिला संविधान र दोस्रो स्थानीय तहको पुर्नसंरचनाको संशोधन थियो । अब संविधान संशोधनले मात्रै नपुग्ने ठाकुरले बताए । ‘यी दुवै संशोधन नभएसम्म निर्वाचन हुन गाह्रो छ । सरकारलाई समर्थन दिईराख्न पनि गाह्रो हुन्छ,’ ठाकुरको धमलाको प्रश्नका क्रममा भने ।
संसदमा पेश भएको संविधान संशोधन बिधेयक पास नभए स्थानीय तहको निर्वाचन हुन नदिने बताउँदै उनले भने, ‘संविधान संशोधन गरेर मधेसी, थारु र जनजाति लगायतको माग पूरा नभए निर्वाचनमा नगई मधेसी मोर्चा आन्दोलनमा जान्छ, संशोधन विधेयक कानुनसम्वत छ, सरकार गठनकै क्रममा सत्तासिन दलहरुले माग पूरा गर्ने प्रतिबद्धता जाहेर गरे अनुसार नभए निर्वाचन हुन दिन्नौँ ।’एनले ५१ प्रतिशत जनसंख्या रहेको मधेसलाई २५ प्रतिशतमा सिमित पारेर ल्याइएको स्थानीय तहको पुनर्संरचनाको खाका मधेसी मोर्चालाई मान्य नहुने भन्दै जनसंख्याको आधारमा राज्यको पुनर्संरचना हुनुपर्नेमा जोड दिए । उनले अन्तरिम संविधानले दिएको अधिकारलाई कुल्चिर्दै संविधान जारी गरेको दाबी गर्दै संविधान आवश्यकता अनुरुप संशोधन नगरी बिफल पार्ने षडयन्त्र भइरहेको आरोप लगाए । अंगिकृत नागरिक सबैलाई जन्मसिद्ध नागरिक सरह अधिकार दिनु पर्ने माग मोर्चाको नरहेको बताउँदै उहाँले वैवाहिक महिलालाई भने यस्तो अधिकार दिनु पर्ने माग रहेको बताए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा