• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मलाई अध्यक्ष बनाउने समूहमा गएर पार्टी एकता गर्छुः वामदेव गौतम

      कोरियाली प्रायदिपको शान्तिपूर्ण पूनमिलनको बातावरण बन्दै : कुटनितिक बिज्ञहरु

      घोषणा गरेकै समयमा चुनाव हुनेछः प्रधानमन्त्री ओली

      प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दै मङ्गलबार

      नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पूँजीकरण ३२ खर्ब ८७ अर्ब

      जनताका बीचमा गएर नयाँ जनमत लिने अवसरः गृहमन्त्री थापा

      ‘प्रधानमन्त्रीबाट पाका अधिवक्ताको अपमान सम्पूर्ण ज्येष्ठ नागरिक अनि सभ्य समाजकै अपमान’: कांग्रेस

      २४ घण्टामा थप ३३९ जनामा कोरोना पुष्टि, ४०१ संक्रमणमुक्त, १० जनाको मृत्यु

      कुवेतको लुलु एक्सचेन्जबाट ‘मेगा रेमीट’ सेवा

      आठ जिल्लामा एकैसाथ कोरोना खोप अभियान सुरु गरिने

      बहिरा कलाकारद्वय सुजल बम र श्रद्धा भुसाललाई अवार्ड

      नेपाल एयरलाइन्सका पाइलटले गरे पदमार्ग सफाइ

      झापामा लागुऔषध नियन्त्रणमा समस्या

      हात्तीले भत्कायो आरक्ष विस्थापितका झुपडी

      नेपालको वन विकास क्षेत्रमा सघाउन इजरायल तयार

    होमपेज /  सेतोखबर बिशेष

    ‘प्रधानमन्त्री ओलीले संविधान च्याते, ओलीको अबको स्टेपः संकटकाल’

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    १३ पुष २०७७, सोमबार १७:२७
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    काठमाडौं । वक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले लामो संघर्षबाट बनेको संविधान विपरित संसद भंग गरेर त्यसलाई च्यातेको र उनका गलत कदममा लाहा छाप लगाउने राष्ट्रपति विद्यादेबी भण्डारी रबर स्ट्याम्प भएको आरोप लगाएका छन् । सोमबार राजधानीको संवाद डबलीमा ‘नयाँ पार्टी नेपाल’द्वारा ‘नेपालको राजनैतिक अवस्था र त्यसको निकास’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले ओलीको संवैधानीक ‘कु’वीरुद्धमा जनआन्दोलन–३ को आवश्यकता भएकोसमेत बताएका छन् ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले गरेको संसद विघटन र त्यसबाट भएको संवैधानीक ‘कु’लाई सच्याएर देश जोगाउन सर्वोच्च अदालतको हातमा रहेको बताए । त्रिपाठीले कुनैपनि हालतमा संसद पुर्नस्थापना हुनु पर्ने र अदालतले त्यो गर्ने विश्वास व्यक्त गर्दै भने,“ ओली स्टेप वाई स्टेप असंवैधानीक र अराजनीतिक कदम चाल्दै जानुभएको छ, त्यसलाई राष्ट्रपति रवर स्ट्याम्पको भूमिका खेल्दै हुनुहुन्छ सो कार्य रोक्न जनताले अर्को ठूलो आन्दोलन गर्नुपर्ने बेला आएको छ ।” उनले अगाडी थपे“उहाँ विस्तारै थप तानाशाही र निरङ्कुश बन्दै जानुभएको छ, यस्तै हो भने उहाँको अबको स्टेप भनेको संकटकाल लगाएर मिडियाहरुमासमेत मिल्ट्री पठाउनु हुन्छ, हामी सतर्क बनौं ।”

    त्यसैगरी अर्का वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्कीले प्रधानमन्त्री ओलीले आफ्नो विवेकले भन्दा पनि विदेशी शक्तिहरुको कठपुतलिकारुपमा उनिहरुको स्वार्थअनुरुप संसद विघटन गरेको आरोप लगाए । कार्कीले भित्रभित्रै देशमा खतरनाक षड्यन्त्र चलेको र देश गम्भिर संकटमा जानसक्ने चिन्ता व्यक्त गरे ।

    त्यसैगरी वरिष्ठ पत्रकार प्रेम कैदीले वर्तमान शासकहरुले देशलाई निरन्तर परनिर्भर्ता तर्फ डोर्याइरहेकोले नेपाली जनताले हाम्रा पितापूर्खाहरुले आर्जेको नेपाली स्वाधीनतालाई जोगाउन तत्पर रहनुपर्ने बेला आइसकेको बताए ।

    त्यस्तै, सीमाविद बुद्धिनारायण श्रेष्ठले हाम्रो देशमा हुने राजनीतिक अस्थिरताको फाइदा विदेशीहरुले उठाउने गरेको बताउँदै, ओली सरकारले नेपालको चुच्चे नक्सा सार्वजनीक गरेपनि त्यसको कार्यान्वयन पक्षमा भने परिणाम शून्य हुनु दुर्भाग्य भएको धारणा राखे । उनले अब नेपाल सरकार कुनैपनि हालतमा भारतसँग नेपाली भूमी फिर्ताको लागि दत्तचित्त भएर लाग्नुपर्ने र त्यसको निकासको लागि वार्ता उत्तम विकल्प भएको बताए, वार्तामा बस्दा नेपाली पक्ष दह्रो भएर भारतको तर्फबाट आउने हरेक रणनीतिमा जवाफसहित जानु पर्ने बताए । श्रेष्ठले यदि नेपाली पक्ष भारतसँग वार्तामा बस्न हिम्मत मात्रै गरेपनि भारतले नेपाली भूमि छाड्ने बताए ।

    त्यसैगरी, प्राध्यापक डाक्टर खेमबन्धु कोइरालाले हाम्रो देशमा लोकतान्त्रीक स्वतन्त्रता आएको तीस वर्षमा नेपाली नेताहरुले देशलाई दिनप्रतिदिन परतन्त्रता तिर धकेल्दै गएकोप्रति आक्रोश व्यक्त गरे ।

    ग्रेटर नेपालका अभियान्ता प्रा.डा.सुरेन्द्र ढकालले विगतमा विश्व राजनीति युरोप र अमेरिका लगायत पश्चिमाहरुको हातमा रहेतापनि चीनको अभुतपूर्व मौलिक विकासले उनिहरुलाई तर्साएको र त्यसको प्रभाव नेपालमा पनि परेको बताए । नेपाल मार्फत चीनलाई घेर्ने पश्चिमा रणनीति र त्यसलाई कुनैपनि हालतमा रोक्ने चीनियाँ नीतिकोबीचमा नेपाल पर्ने भएकोले त्यस तर्फ हामी सजग रहनु पर्ने बताए ।

    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका सल्लाहकार केशव देवकोटाले अहिले आफ्नो पार्टीमा ठूलो विभाजन आएको र त्यसको जिम्मेवार स्वयम् केपी ओली र प्रचण्ड जिम्मेवार रहेको बताउँदै भने,“माओवादी र एमाले विपरित धुर्ब थिए उनिहरुले हामी कसैलाई सोधेनन् एक भए अहिले विभाजन भए म कता हो मलाई नै थाहा छैन ।, जे भयो त्यो गलत भएको छ ।”

    कार्यक्रममा वरिष्ठ पत्रकार गोरख विसि, धर्मसभाका अध्यक्ष विष्णु राज पाण्डेले,समाजसेवी बलराम शाहले पनि आफ्नो धारणा राखेका थिए । कार्यक्रमको अध्यक्षता नयाँ नेपाल पार्टीका उपाध्यक्ष युवराज सफल तथा संचालन सो पार्टीका महासचिव लक्ष्मिदत्त भट्टले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    बालुवाटार जग्गा प्रकरणमा नाम जोडिएपछि लीलामणि पौडेलले सार्वजनिक गरे तथ्यपत्र

    ‘जेटका दुई पाइलट थियौं तर ओलीले एक्लै जहाज उडाउन खोजे’: प्रचण्ड

    नेपालमा पनि नयाँ प्रजातिको कोरोना भाइरस फेला

    मिस मंगोल जाङमु शेर्पासँग वैवाहिक सम्बन्धमा बाँधिदै मुख्यमन्त्री शेरधन राई

    ‘कोभिशिल्ड’ खोपलाई आपतकालिन प्रयोग गर्न नेपाल सरकारले दियो अनुमति

    जी न्यूजले माफी माग्दै भन्यो: ‘माउन्ट एभरेस्ट नेपालकै हो र नेपालकै रहनेछ’

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मलाई अध्यक्ष बनाउने समूहमा गएर पार्टी एकता गर्छुः वामदेव गौतम

    कोरियाली प्रायदिपको शान्तिपूर्ण पूनमिलनको बातावरण बन्दै : कुटनितिक बिज्ञहरु

    घोषणा गरेकै समयमा चुनाव हुनेछः प्रधानमन्त्री ओली

    प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दै मङ्गलबार

    नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पूँजीकरण ३२ खर्ब ८७ अर्ब

    कोरियाली प्रायदिपको शान्तिपूर्ण पूनमिलनको बातावरण बन्दै : कुटनितिक बिज्ञहरु

    घोषणा गरेकै समयमा चुनाव हुनेछः प्रधानमन्त्री ओली

    २४ घण्टामा थप ३३९ जनामा कोरोना पुष्टि, ४०१ संक्रमणमुक्त, १० जनाको मृत्यु

    विप्लव नेतृत्वको नेकपाका नेता अनिल विरही रिहा

    निर्वाचन आयोगले दिएन नेकपा विभाजनलाई मान्यता, पहिलेकै पार्टी यथावत रहने निर्णय

    मलाई अध्यक्ष बनाउने समूहमा गएर पार्टी एकता गर्छुः वामदेव गौतम

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पूँजीकरण ३२ खर्ब ८७ अर्ब

    कुवेतको लुलु एक्सचेन्जबाट ‘मेगा रेमीट’ सेवा

    वाग्मती प्रदेशका १३ जिल्लाका लागि लोकसेवाले माग्यो ठुलो संख्यामा कर्मचारी, विज्ञापन सहित

    सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

    पुँजीगत खर्च साढे १९ प्रतिशतले घट्यो

    सेतोखबर बिशेष

    बालुवाटार जग्गा प्रकरणमा नाम जोडिएपछि लीलामणि पौडेलले सार्वजनिक गरे तथ्यपत्र

    काठमाडौँ । बालुवाटार जग्गा प्रकरणमा पटक पटक नाम जोडिएपछि पूर्व मुख्यसचिव लीलामणि पौडेलले तथ्यपत्र सार्वजनिक गर्नुभएको छ । पौडेलले पत्रपत्रिका र सामाजिक संजालमा...  विस्तृतमा

    ‘जेटका दुई पाइलट थियौं तर ओलीले एक्लै जहाज उडाउन खोजे’: प्रचण्ड

    नेपालमा पनि नयाँ प्रजातिको कोरोना भाइरस फेला

    मिस मंगोल जाङमु शेर्पासँग वैवाहिक सम्बन्धमा बाँधिदै मुख्यमन्त्री शेरधन राई

    ‘कोभिशिल्ड’ खोपलाई आपतकालिन प्रयोग गर्न नेपाल सरकारले दियो अनुमति

    जी न्यूजले माफी माग्दै भन्यो: ‘माउन्ट एभरेस्ट नेपालकै हो र नेपालकै रहनेछ’

    जी न्युजको नेपाली राष्ट्रियतामाथि निरन्तर प्रहार, भन्यो ‘सगरमाथामा पनि भारतले दाबी ठोक्नुपर्छ’

    आज २९९ औँ पृथ्वी जयन्ती, को हुन पृथ्वीनारायण शाह ? छोटो जिवनी सहित

    नेपाली भूभाग समेटेर नयाँ नक्सा छापेपछि मविरुद्ध षड्यन्त्र शुरु: प्रधानमन्त्री ओली

    सेयर बजारले बनायो इलोन मस्कलाई संसारकै सबभन्दा धनी

    उपत्यकामा हालसम्मकै उच्च वायु प्रदुषण, घर बाहिर ननिस्कन सरकारको आग्रह

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑