सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । हालसम्म कोरोना भाइरस सङ्क्रमणमुक्त हुने दुई लाख ४३ हजार ६६४ पुगेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ९७ छ । त्यसैगरी हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार ३२० छ । सक्रिय सङ्क्रमितको सङ्ख्या दुई लाख ५३ हजार ७७२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नौ हजार ४०० मा कोरोना परीक्षण गर्दा थप ५८८ जनामा कोरोना भाइरस सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ११ जनाको मृत्युसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार ७८८ पुगेको छ ।
काठमाडौँ । बालुवाटार जग्गा प्रकरणमा पटक पटक नाम जोडिएपछि पूर्व मुख्यसचिव लीलामणि पौडेलले तथ्यपत्र सार्वजनिक गर्नुभएको छ । पौडेलले पत्रपत्रिका र सामाजिक संजालमा... विस्तृतमा