सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । बीबीसी स्टुडियोको फर्म्याटमा आधारित बिश्व चर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ द स्टार्स’ को नेपाली संस्करणका रुपमा ‘डान्सिङ वीथ द स्टार्स नेपाल’ को उपाधि सुमी मोक्तान र बिजु पार्कीको जोडीले जितेका छन् । यस्तै फस्र्ट रनरअप बुद्ध लामा र केविका खत्रीको जोडी भएको छ भने प्रियना आचार्य (मुन्नी)को जोडी सेकेण्ड रनरअप भएका छन् ।
शनिबार भएको ग्राण्ड फिनालेमा सुमी मोक्तान र बिजु पार्कीको जोडीले उपाधि हात पारेका हुन् । हिमालय टेलिभिजन एचडीबाट प्रशारण भएको उक्त ‘शो’को फाइनलमा ३ जोडी प्रवेश गरेका थिए । फाइनलमा बुद्ध लामा र केविका, प्रियना आचार्य र सुभम भुजेल, सुमी मोक्तान र विजु पार्कीले प्रतिस्पर्धा गरेका थिए । दर्शकको भोटको आधारमा विजेता घोषित गरिएको हो ।
विजेताले २० लाख नगद र ट्रफि जितेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा