सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । लोक सेवा आयोगले रा.प तृतीय श्रेणी (शाखा अधिकृत) को विज्ञापन गरेको छ । आयोगले बुधवार सूचना जारी गर्दै अप्राविधिकतर्फ ५१३ जना शाखा अधिकृतमा विज्ञापन गरेको हो ।
आयोगले सामान्य प्रशासनमा ११४, राजस्व १०८, लेखा ८९ , लेखा परीक्षण २९, परराष्ट्र ४, न्याय, नयाय ९२, न्याय, कानुन १८ र सरकारी वकिल ५९का लागि खुला र ज्येष्ठतामा दरखास्त आह्वान गरेको छ । जसमध्ये १५३ जना ज्येष्ठता र बाँकी खुला रहेको छ ।
दरखास्त दिने अन्तिम मिति पुस १४ सम्म रहेको छ । दोब्बर दस्तुरमा पुस २१ सम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त आयोगको वेबसाइटमा गई अनलाइन माध्यमबाट भर्नुपर्ने छ ।
परीक्षा केन्द्र भने प्रथम चरणका लागि आयोगका सबै कार्यालयहरू तोकिएको छ । द्वितीय चरणका लागि आयोगका धनकुटा, काठमाडौं, पोखरा, जलेश्वर, बुटवल, सुर्खेत र दिपायल कार्यालयहरूबाट तोकिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा