सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । कोहलपुर नगरपालिका–२ बाँके निवासी ७४ वर्षिय वृद्धको उपचारकै क्रममा आज बिहान मृत्यु भएको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.प्रकाश थापाले जानकारी दिए ।
उनका अनुसार यही मङ्सिर ६ गते अस्पताल भर्ना भएका ती पुरुषमा कोरोना सङ्क्रमण देखिएको थियो । रोगको प्रकृतिअनुसार सबै उपचार विधि अपनाउँदासमेत स्वास्थ्यमा सुधार नभई मृत्यु भएको हो । योसँगै कोरोना सङ्क्रमणका कारण बाँकेमा ज्यान गुमाउनेको सङ्ख्या ३९ पुगेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा