सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । विशेष कारणबिनै केही दिनयता निरन्तर अकासिइरहेको सेयर बजार बिहीबार केही थामिएको छ । यसले सेयर बजारमा दुर्घटनाको त्रास केही कम गरेको छ । यस दिन धितोपत्र बजारको तथ्यांकीय मापक नेप्सेमा साताको अन्तिम दिन बिहीबार दोहोरो अंकले तल झरेको हो ।
केही दिनयता नेप्से नयाँ–नयाँ रेकर्ड बनाउँदै उकालो लागिरहेको थियो । नेपाली धितोपत्रको दोस्रो बजारमा ८० प्रतिशत हिस्सा रहेको बैंक, वित्तीय क्षेत्र लगायत अर्थतन्त्रका सबै अवयव कोरोना महामारीले थलिएको बेला सेयर बजारमा देखिएको तेजीलाई अस्वाभाविक मानिएको थियो । प्राविधिक भाषामा बबल भनिने तेजीको यही गति कामय रहे क्र्यास (दुर्घटना) हुने आशंका व्याप्त छ ।
यतिबेला सूचीकृत कम्पनीहरुको मूल्य बढाउने तत्वमध्ये राजनीतिक स्थिरता र बैंक ब्याज बाहेक अरु पक्ष सबै कमजोर छन् । कोभिडका कारण सूचीकृत कम्पनीहरुको नाफा घटेको छ । कोरोना कहर टुंगिएर अर्थतन्त्र सही बाटोमा आइपुग्न कति समय लाग्ने हो केही ठेगान छैन । तत्कालका लागि बैंक ब्याज घटे पनि यो लामो समय टिक्दैन । दोस्रो बजारमा धितोपत्रको आपूर्ति बढेको बढ्यै छ । वास्तविक क्षेत्रतर्फका जलविद्युत् कम्पनीहरुमा अपवादको रुपमा रहेको चिलिमेबाहेक कसैको पनि अवस्था उत्साहजनक छैन । तैपनि सेयर बजार केही समययता निरन्तर उकालो लागिरहेको छ । बिहीबारको करेक्सन यसलाई ट्र्याकमा ल्याउनेतर्फको कदम बन्ने अपेक्षा विश्लेषकहरुको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से १५.५७ बिन्दुले घटेर २०५५.४५ मा आएको छ । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७६ बिन्दुले ओरालो लागेर ३९२.२९ मा पुगेको छ । नेप्से आरोलो लागे पनि कारोबार रकम आठ अर्बमाथि रहेको छ । कुल २०० कम्पनीको एक करोड ५८ लाख ८९ हजार ५६० कित्ता सेयर आठ अर्ब दुई करोड ६० लाख २३ हजार ७९८ रुपैयाँमा किनबेच भएको छ । लगानीकर्ता नाफा बुक गर्न लागेका कारण बजारमा बिहीबार गिरावट आएको अनुमान गरिएको छ ।
कारोवार भएका १२ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक उँभो लागेको र बाँकी १० उपसमूहको ओरालो लागेको देखिएको छ । यस दिन जलविद्युत् १०.३६ र लघुवित्त ३०.०८ बिन्दुले उकालो लागेको छ । बैंकिङ ८.७३, व्यापार १६०.४२, होटल ८.३५, विकास बैंक २०.३५, वित्त ६.७३, निर्जीवन बिमा १६६.४१, उत्पादन ७२.९६, अन्य १९.३१, जीवन बिमा २५८.२६ र सामूहिक लगानी कोष ०.०५ बिन्दुले ओरालो लागेको छ । स्टकका अनुसार कारोबारका आधारमा बिहीबर नेपाल पुनर्बिमा कम्पनी शीर्षस्थानमा छ । सो कम्पनीको एक अर्ब ११ करोड ४० लाख आठ हजार ५७७ बराबरको कारोवार भयो ।
यस्तै, नेपाल दूरसञ्चार कम्पनी ४२ करोड १८ लाख ३८ हजार ८९९, नेपाल लाइफ इन्स्योरेन्स रु ३० करोड तीन लाख ३८ हजार ३००, नेसनल लाइफ इन्स्योरेन्स २६ करोड सात लाख ११ हजार २७९, शिवम् सिमेन्ट २३ करोड ८२ लाख ८२ हजार ११०, प्राइम बैंक २२ करोड ३० लाख ८६ हजार, नेपाल बैंक १८ करोड ७० लाख ८४ हजार ६७७ र नबिल बैंक १८ करोड २४ लाख ३३ हजार ६२२ बराबरको कारोबार भई शीर्षस्थानमा रहे ।
कारोबारका आधारमा माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी ९.९५, नेपाल सेवा लघुवित्त ९.०६, डिप्रोक्स लघुवित्त ६.७२, छिमेकी लघुवित्त ६.४०, प्राइम बैंक ४.८२, सूर्योदय लघुवित्त ४.८१, मिथिला लघुवित्त ४.७७ र सामुदायिक लघुवित्तका लगानीकर्ताले ४.७७ प्रतिशतले कमाएका छन् । यसैगरी, विशाल बजार कम्पनी ६.९७, साल्ट टे«डिङ कर्पोरेशन ६.९४, बोटलर्स नेपाल तराई ५.२०, रसुवागढी हाइड्रोपावर ५.१४, साञ्जेन जलविद्युत् कम्पनी ५.०९, एशियन लाइफ इन्स्योरेन्स ४.१०, आरएसडिसी लघुवित्त ३.७७ र एचआइसिएलका लगानीकर्ताले ३.७५ प्रतिशतले गुमाए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा