सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । पछिल्लो २४ घण्टामा १३४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३४३ लाई कोरोना पोजेटिभ देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ ।
यो अवधिमा काठमाडौं उपत्यकामा थप ५ सय ६१ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार २४ घन्टामा संक्रमण हुनेमा २ सय ५० महिला र ३ सय ११ जना पुरुष रहेका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा ४५५, ललितपुरमा २६ र भक्तपुरमा ८० जनालाई कोरोना संक्रमण देखिएको छ।
त्यस्तै, २४ घण्टामा थप २१ सय ११ जना कोरोना संक्रमणबाट निको भएर पूर्ण स्वास्थ्य बनेको पनि मन्त्रालयले जनाएको छ। संक्रमण पुष्टि भएकामध्ये २ लाख २० हजार २७२ जना निको भएका छन् ।
पछिल्लो २४ घण्टामा ९ हजार २ सय ८९जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म पिसिआर परीक्षणको संख्या १७ लाख ६३ हजार ९ सय १९ पुगेको पनि मन्त्रालयले जनाएको छ।
यस्तै १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ५५१ पुगेको छ । सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ रहेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा