सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । लोकप्रिय नायिका श्वेता खड्का विवाह बन्धनमा बाँधिने भएकी छिन् । श्वेताले केही समयदेखि प्रेम सम्बन्धमा रहेका धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेको स्रोतले जनाएको छ ।
श्वेताले मंसिर २२ गते बिहे गर्ने पक्का भएको हो । बिहेका लागि निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइलाई बाडिएको छ । विवाह गोकर्ण फरेष्ट रिसोर्टमा हुने भएको छ ।
विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेको यस अघि पनि चर्चा चलेता पनि श्वेताले भने बताउन इन्कार गर्दै आएकी थिइन् ।
चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा डेब्यू गरेकी श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेको १ महिनामा नै उनको निधन भएको थियो । श्वताले केही समयअघि मात्रै चलचित्र ‘कान्छी’ निर्माण गरेकी थिइन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा