• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • पार्टीमा समर्थकको भूमिका अतुलनीय छ : मुख्यमन्त्री पोखरेल

      चितवनमा एकैदिन २५ फरार अभियुक्त पक्राउ

      ६ महिनामा साढे ६ खर्बको आयात

      २४ घण्टामा ३३६ संक्रमित थपिए, २२६ संक्रमणमुक्त, ४ जनाको मृत्यु

      कोरोना भ्याक्सिन बनाउने विश्वकै ठूलो कारखानामा भीषण आगलागी

      गत महिना मुलुकभर १६५ महिला तथा बालिकामाथि भए हिंसा

      शान्तिका लागि प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छः पहाडी

      अझै पाएनन् उखु किसानले बाँकी रकम

      अन्नपूर्ण संरक्षण क्षेत्रमा ‘बहुप्रवेश अनुमति’ को झञ्झट

      हुम्लामा दुई दिनदेखि हवाई उडान प्रभावित

      मुलुक निर्वाचनमा गइसक्यो, कसैले रोक्न सक्दैन : विष्णु पौडेल

      सुदूरपश्चिम विश्वविद्यालयमा पठनपाठन शुरु

      अज्ञात रोगका कारण मर्न थाले कुखुरा

      वनका कर्मचारीको प्रश्न : ‘हामीलाई किन फाजिल बनाइयो ?’

      मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

    होमपेज /  कर्णाली

    रारामा आउन थाले विदेशी चरा

    रासस

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    १७ मंसिर २०७७, बुधबार १७:११
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    खलङ्गा । मुगुस्थित रारा राष्ट्रिय निकुञ्जमा चिसो छल्न विदेशी चराहरू भित्रिन थालेका छन् । युरोप, साइबेरिया, तिब्बत र भारतलगायत देशबाट चराहरू आउन थालेका हुन् । कमकुट, वाटरफल्ब, लिटिलक्रिट, टपटेक, ग्रिट, म्यासेन्जर, खोयाहाँस, कैलोटाउके हाँस, चखेवा–चखेवी, क¥याङकुरुङ मरुललगायत विदेशी चराहरू जाडो छल्न आएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

    हाल साइबेरिया, युरोप, मङ्गोलिया र मानसरोवरबाट पाँच प्रजातिका चरा मौसमी बसाइँसराइ गरी आएको कार्यालयका रेन्जर सरोज खड्काले जानकारी दिए । उनले भने, “निकुञ्जमा गत वर्ष करिब १८ प्रजातिका चरा चिसो छल्न रारा आएका थिए ।” मङ्सिर दोस्रो साताभित्रै पङ्खथोप्ले तितु, कालो कन्ठे, चाचर नामका नयाँ प्रजातिका चरा देखिएन थालेको रेन्जर खड्काले जानकारी दिए ।

    पुस र माघको चिसोमा रारा तालको पानी तातो हुने, पर्याप्त आहारा पाइने भएकाले चरा रारा आउने गरेका हुन् । बाहिर देशबाट आउने चरा कम्तीमा पाँच महिना बस्ने गरेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जको मिलीचौर, ठाकुरज्यूला मन्दिर, ओखर बोट, निजार क्षेत्रमा खोयाहाँस, कपनकुटलगायत प्रशस्त पाहुना चरा देखा परेको कार्यालयले जनाएको छ ।

    गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम

    स्वास्थ्य संस्थामा सुत्केरी हुने दरलाई बढाउनेदेखि घरमा सुत्केरी हुने कार्यलाई निरुत्साहित गर्न र मातृशिशु स्वास्थ्य प्रवद्र्धनका लागि तिला गाउँपालिकाले गर्भवती आमासँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले गत वर्षबाट शुरु गरेको यस कार्यक्रमलाई थप प्रभावकारी बनाउन परिमार्जनसहित चालू आर्थिक वर्ष २०७७/०७८ मा निरन्तरता दिएको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताए ।

    गत वर्षभन्दा यो वर्ष कार्यक्रम परिमार्जित गरेर गर्भवती आमालाई राहत हुने गरी कार्यक्रम सञ्चालन गर्न लागिएको उनको भनाइ छ । उनले गर्भावस्थाको विशेष समयमा महिलालाई अतिरिक्त स्वास्थ्य सेवा, पोषण, स्याहार र सरसफाइ आवश्यक हुने हुँदा त्यसको सन्देश प्रवाहका लागि यो कार्यक्रम शुरु गरिएको बताए ।

    यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट नियमित गर्भजाँच गराउन सरकारी स्वास्थ्य संस्थामा जाने महिलाको सङ्ख्यामा वृद्धि भई मातृशिशु स्वास्थ्य प्रवद्र्धनमा टेवा पुग्ने विश्वास स्थानीयवासीको छ । गर्भावस्थामा नियमित चार पटक सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउने महिलालाई विभिन्न ‘उपहार’ दिने व्यवस्था गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

    धान उत्पादनमा वृद्धि

    कर्णाली प्रदेशमा यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यो वर्ष छ हजार मेट्रिक टन बढी धान उत्पादन भएको कर्णाली प्रदेश कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ । निर्देशनालयका अनुसार यो वर्ष कर्णालीमा एक लाख २० हजार ९७१ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष एक लाख १४ हजार ३१८ मेट्रिक टन धान उत्पादन भएको थियो ।

    यस वर्ष सुर्खेतमा ४२ हजार ८०३, सल्यानमा २८ हजार ९००, रुकुम पश्चिममा आठ हजार ९७६, दैलेखमा चार हजार ४४९, जाजरकोटमा १० हजार ६६५, डोल्पामा ६०५, जुम्लामा दुई हजार ९००, कालिकोटमा ९ हजार ४८९, मुगुमा सात हजार ५७६ र हुम्लामा ७९० मेट्रिक टन धान उत्पादन भएको निर्देशनालयले जनाएको छ ।

    किसानको मिहिनेतसँगै यो वर्ष समयमै वर्षा भएका कारण धान उत्पादनमा वृद्धि भएको निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायाले बताए । “यो वर्ष धैरै वर्षा हुँदा किसानले समयमै धान रोप्न पाएका थिए”, उनले भने, “प्रदेश सरकारले उत्पादन वृद्धिका लागि किसानलाई प्रेरित गर्नु, बाँझो जमिनमा पनि खेती गर्नुजस्ता कारणले पनि धान उत्पादन बढेको हो ।”

    धान उत्पादनमा वृद्धि भए पनि लक्ष्यअनुसारको वृद्धि हुन नसकेको कृषि विकास निर्देशनालयले जनाएको छ । वर्षायाममा किसानले समयमा नै रासायनिक मल नपाउनु र सलह कीराको प्रकोपका कारण अपेक्षाअनुसारको धान उत्पादन हुन नसकेको उनको भनाइ छ । यसअघि वर्षायामको समयमा कोरोना महामारीका कारण कर्णालीमा पनि रासायनिक मल आयात भएको थिएन । धान रोप्ने र गोडमेल गर्ने समयमा रासायनिक मल नपाउँदा अपेक्षा गरेअनुसार धान उत्पादन नभएको निर्देशनालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    अझै पाएनन् उखु किसानले बाँकी रकम

    अन्नपूर्ण संरक्षण क्षेत्रमा ‘बहुप्रवेश अनुमति’ को झञ्झट

    १ नम्बर प्रदेश प्रहरी कार्यालयद्धारा ६ महिनामा ३ हजार ३१४ मुद्धा दर्ता, १८ करोड बढी राजश्व संकलन

    गलकोटमा अठार घरमा तोडफोड र चोरी

    कृषि बजारका अध्यक्षसहित तीन विरुद्ध भ्रटाचार मुद्दा

    झापाको कपास उद्योगमा आगलागी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पार्टीमा समर्थकको भूमिका अतुलनीय छ : मुख्यमन्त्री पोखरेल

    चितवनमा एकैदिन २५ फरार अभियुक्त पक्राउ

    ६ महिनामा साढे ६ खर्बको आयात

    २४ घण्टामा ३३६ संक्रमित थपिए, २२६ संक्रमणमुक्त, ४ जनाको मृत्यु

    कोरोना भ्याक्सिन बनाउने विश्वकै ठूलो कारखानामा भीषण आगलागी

    २४ घण्टामा ३३६ संक्रमित थपिए, २२६ संक्रमणमुक्त, ४ जनाको मृत्यु

    अझै पाएनन् उखु किसानले बाँकी रकम

    मुलुक निर्वाचनमा गइसक्यो, कसैले रोक्न सक्दैन : विष्णु पौडेल

    ट्रम्पले ह्वाइटहाउस छोडे

    कोरोना सङ्क्रमण देखिएको एक वर्षपछि नेपालमा खोप

    पार्टीमा समर्थकको भूमिका अतुलनीय छ : मुख्यमन्त्री पोखरेल

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    ६ महिनामा साढे ६ खर्बको आयात

    भक्तपुरको सिरुटारमा नेपाल बंगलादेश बैंकको शाखा विस्तार

    नेपालमा रासायनिक मल कारखाना खोल्न गृहकार्य सुरु

    अन्तर्राष्ट्रिय व्यापारमा अर्को सातादेखि एकद्वार प्रणाली, अनुमति लिन कार्यालय धाउनु नपर्ने

    शेयर बजार दोहोरो अंकले बढ्यो, ६१ करोड ४० लाखको कारोबार

    सेतोखबर बिशेष

    ‘जेटका दुई पाइलट थियौं तर ओलीले एक्लै जहाज उडाउन खोजे’: प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको विवादलाई लिएर पदसँग जोडेर हेर्ने गरिएकोमा आपत्ति...  विस्तृतमा

    नेपालमा पनि नयाँ प्रजातिको कोरोना भाइरस फेला

    मिस मंगोल जाङमु शेर्पासँग वैवाहिक सम्बन्धमा बाँधिदै मुख्यमन्त्री शेरधन राई

    ‘कोभिशिल्ड’ खोपलाई आपतकालिन प्रयोग गर्न नेपाल सरकारले दियो अनुमति

    जी न्यूजले माफी माग्दै भन्यो: ‘माउन्ट एभरेस्ट नेपालकै हो र नेपालकै रहनेछ’

    जी न्युजको नेपाली राष्ट्रियतामाथि निरन्तर प्रहार, भन्यो ‘सगरमाथामा पनि भारतले दाबी ठोक्नुपर्छ’

    आज २९९ औँ पृथ्वी जयन्ती, को हुन पृथ्वीनारायण शाह ? छोटो जिवनी सहित

    नेपाली भूभाग समेटेर नयाँ नक्सा छापेपछि मविरुद्ध षड्यन्त्र शुरु: प्रधानमन्त्री ओली

    सेयर बजारले बनायो इलोन मस्कलाई संसारकै सबभन्दा धनी

    उपत्यकामा हालसम्मकै उच्च वायु प्रदुषण, घर बाहिर ननिस्कन सरकारको आग्रह

    सर्वाेच्चलाई प्रधानमन्त्रीको जवाफ: संसद विघटन राजनीतिक विषय हो, न्यायिक निरुपण आवश्यक छैन (पूर्णपाठ)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑