सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कोभिड-१९ ले सङ्क्रमित मानिसहरूको फोक्सोमा तीन महिनाभन्दा धेरै समयपश्चात् पनि खराबी गराइरहेको पाइएको अनुसन्धानकर्ताहरूले बताएका छन्।
अक्सफोर्ड विश्वविद्यालयमा १० जना बिरामीमाथि एउटा नौलो प्रविधि प्रयोग गरेर परीक्षण गर्दा साधारण स्क्यानले पत्ता लगाउन नसकेका क्षति देखिएका थिए।
यो विधिअन्तर्गत एमआरआई स्क्यानका बेला जिनन नामक ग्यास प्रयोग गरेर चित्र बनाउँदा फोक्सोमा क्षति देखिएको हो।
सो विधिको अगुवाइ गरिरहेका प्राध्यापक फर्गस ग्लीसनले १९ र ६९ वर्ष उमेरबीचका १० जना बिरामीमा परीक्षण गरेका थिए।
तीमध्ये आठ जनाले सङ्क्रमित भएको तीन महिना बितिसक्दा पनि निरन्तर स्वाँस्वाँ आएको अनि थकान अनुभव भइरहेको बताएका थिए जबकि उनीहरू कसैलाई पनि सघन उपचारको वा भेन्टिलेसनको खाँचो परेको थिएन।
साधारण स्क्यान गर्दा उनीहरूको फोक्सोमा कुनै खराबी पनि भेटिएको थिएन।
तर नयाँ विधिबाट जाँच्दा फोक्सोको क्षति देखियो। त्यहाँ रगतमा सजिलै सास नमिसिएको देखिएको थियो।
६० वर्षभन्दा माथिका उमेरका मानिसमा गम्भीर कोभिड-१९ र कोभिड-१९ बाट हुने मृत्युको सम्भावना बढेको पाइन्छ।
उनको विचारमा कैयौँ सङ्क्रमित मानिसहरूले लामो समयसम्म अस्वस्थता अनुभव गरिरहेको दीर्घ कोभिडको पछाडि जिनन स्क्यानले देखाएका फोक्सोमा पुगेको क्षति नै मुख्य कारण हुनसक्छ।
कोभिड-१९ बाट बिरामीभएका मध्ये १० प्रतिशत जतिको फोक्सोमा यस्ता क्षति पुगेको हुनसक्छ जसले गर्दा लामो समयसम्म लक्षण देखिइरहन्छ। पल्लव घोष- बीबीसी
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा