सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । प्रखर वक्ता तथा गायक रमेश प्रसाई विवाह वन्धनमा बाँधिने भएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कस्ने भएका हुन् ।
३ बर्षदेखि गहिरो प्रेममा रहेका रमेश र नन्दाले आगामी २२ गते सोमबारका दिन बिबाह गर्न लागेका हुन् । उनीहरु दुवै दृष्टिविहिन हुन् । अबल वक्तृत्व क्षमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ । उनी पछिल्लो समय इन्द्रेणीमा समेत आवद्ध छन् ।
नन्दा भने समाजसेवामा छिन् । उनले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् । नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए । इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए । नन्दा र रमेशको बिहे धरानबाट हुने बुझिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा