सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । पिपिई (सुरक्षा कवच) लगाएका चार महिलाले कोरोना भाइरस संक्रमितको शव पशुपतिस्थित शवदाहगृहका लाश लगाउने कर्मचारीलाई हस्तान्तरण गर्छन्, जुन दृश्य महिलाले मलामीसम्म जानु हुँदैन भन्ने मान्यता बोकेको नेपाली समाजमा कल्पनासम्म गर्न सकिँदैनथ्यो आजसम्म ।
महिलाले मृत शरीर छुनु हुँदैन भन्ने मान्यता अझै पनि नेपाली समाजमा व्याप्त छ । तर २०६२–६३ को आन्दोलनपछि त्यो मान्यतामा क्रमशः ह्रास आउन थालेको छ ।
शव बोक्ने ती सबै महिला सैनिक हुन् । उनीहरुलाई पहिलोचोटि कोरोना भाइरस संक्रमित मृतकको शव व्यवस्थापनमा परिचालन गरिएको हो ।
‘हालसम्म पुरुषले मात्र गर्ने कामको मौका दिइएकोमा मैले विशेष अधिकार र खुसीको अनुभव गरेको छु,’ २५ वर्षे रचनाले भनिन्, ‘समाज क्रमशः परिवर्तन हुँदैछ । यो नयाँ जिम्मेवारी सम्हालेयता म परिवारका सदस्यसँग छैन तर मेरा साथीहरु खुसी छन् । उनीहरुले मलाई धन्यवाद दिँदै तिमीले कठिन काम होसियारीपूर्वक व्यक्तिगत सुरक्षा कामय राख्दै सम्पन्न गरकी छौ भनेका छन् ।’
अघिल्लो महिना पहिलोपटक शव व्यवस्थापन गर्दा उनहिरुको समूहले ६ वटा शवलाई अस्पतालदेखि शवदाहगृहसम्म पुर्याएको थियो ।
नेपाली सेनाका प्रवक्ता सन्तोषबहादुर पौडेलले ९५ हजार सदस्य रहेको नेपाली सेनाले महिलालाई नयाँ भूमिका दिएको र यसको उद्देश्य उनीहरुलाई सशक्तीकरण गर्नु रहेको बताए ।
‘यसअघि महिलालाई कम्ब्याट, अस्पताल, शस्त्रागार, इन्जिनियर र विपत्तिमा परिचालन गरिन्थ्यो । उनीहरुलाई अस्पतालबाट शवदाहगृसम्म शव पुर्याउने काममा पहिलोपटक परिचालन गरिएको हो,’ उनले भने, ‘यसले परम्परागत मान्यता तोडिएको छ ।’
मुलुकमा कोरोना भाइरस संक्रमित मृतकको शव व्यवस्थापन गर्ने जिम्मेवारी सेनालाई दिइएको छ । हालसम्म नेपालमा १५ सयभन्दा बढी कोरोना संक्रमितको निधन भएको छ भने २ लाख ३३ हजारभन्दा बढी संक्रमित भएका छन् । सोमबार एकै दिन हालसम्मकै सबैभन्दा बढी २९ जना संक्रमितको निधन भएको छ ।
पशुपतिको शवदाहगृह बाहिर शोकाकूल आफन्तजनहरु स्ट्रेचरमा सेतो कपडाले बेरिएको ५८ वर्षीया महिलाको शवमा अबिर र शयपत्रीको माला चढाइरहेका थिए । शवदाह गर्ने कर्मचारीले त्यसलाई जलाउने तयारी गरिरहँदा नाम र उमेर उल्लेख गरिएको ट्यागसहितका अरु तीनवटा शव छेउको जमिनमा थिए ।
‘शव हटाउने जिम्मेवारी मेरो हो र म यसमा गौरव गर्छु,’ सैनिक टोलीकी अर्की सदस्य कुष्णकुमारीले भनिन् । ३७ वर्षीय ती सैनिक महिला भन्छिन्, ‘यो शारीरिक बल चाहिने काम हो र हामीले महिलाहरु यो महामारीका बेला कठिन काम गर्न पनि सक्षम छन् भन्ने प्रमाणित गरेका छौं ।’
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा