सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । मुलुकमा थप १ हजार ३ सय ४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ५ सय ८३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । योसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ ।
यस्तै मन्त्रालयका अनुसार मंगलबार २ हजार ७३ जना डिस्चार्ज भएका छन्। योसहित निको हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ। यस्तै आज कोरोनाबाट थप २१ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय २९ पुगेको छ।
देशभर क्वारेन्टिनमा ६१६ जना रहेका छन् भने आइसोलेसनमा १६ हजार ६३३ जनाको उपचार भइराखेको छ। मन्त्रालयका अनुसार ३७० जनाको आइसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा