सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले हत्या अभियोगमा फरार रहेका तिन अभियुक्तहरुलाई १८ वर्षपछी यहि मंसिर-११ गते पक्राउ गरि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा लमजुङको दुधपोखरी गाउँपालिका-५ बस्ने ४१ वर्षिय मन बहादुर गुरुङ, सोहि स्थानका २४ वर्षिय धनराज गुरुङ र ४५ वर्षिय मिरु भन्ने धन बहादुर गुरुङ रहेका छन् ।
पक्राउ परेका उनिहरुले २०५९ साल असोज ३० गते बडा दसैँको दिन साबिक जिल्ला लमजुङ कोल्की गाविस– ३ हाल दूधपोखरी गाउँपालिका– ५ स्थित श्री हिमालय माध्यमिक विद्यालयको चौरमा सोहि स्थानका २८ वर्षिय भीम बहादुर गुरुङलाई टाउकोमा ढुंगा प्रहार गरी हत्या गरि फरार भएका थिए ।
उक्त घटना पश्चात फरार रहेका उनिहरुलाई विशेष सुचनाको आधारमा १८ वर्षपछी पक्राउ गरिएको छ । पक्राउ परेका उनिहरु उपर थप अनुसन्धान भईरहेको छ
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा