• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मलाई अध्यक्ष बनाउने समूहमा गएर पार्टी एकता गर्छुः वामदेव गौतम

      कोरियाली प्रायदिपको शान्तिपूर्ण पूनमिलनको बातावरण बन्दै : कुटनितिक बिज्ञहरु

      घोषणा गरेकै समयमा चुनाव हुनेछः प्रधानमन्त्री ओली

      प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दै मङ्गलबार

      नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पूँजीकरण ३२ खर्ब ८७ अर्ब

      जनताका बीचमा गएर नयाँ जनमत लिने अवसरः गृहमन्त्री थापा

      ‘प्रधानमन्त्रीबाट पाका अधिवक्ताको अपमान सम्पूर्ण ज्येष्ठ नागरिक अनि सभ्य समाजकै अपमान’: कांग्रेस

      २४ घण्टामा थप ३३९ जनामा कोरोना पुष्टि, ४०१ संक्रमणमुक्त, १० जनाको मृत्यु

      कुवेतको लुलु एक्सचेन्जबाट ‘मेगा रेमीट’ सेवा

      आठ जिल्लामा एकैसाथ कोरोना खोप अभियान सुरु गरिने

      बहिरा कलाकारद्वय सुजल बम र श्रद्धा भुसाललाई अवार्ड

      नेपाल एयरलाइन्सका पाइलटले गरे पदमार्ग सफाइ

      झापामा लागुऔषध नियन्त्रणमा समस्या

      हात्तीले भत्कायो आरक्ष विस्थापितका झुपडी

      नेपालको वन विकास क्षेत्रमा सघाउन इजरायल तयार

    होमपेज /  प्रदेश

    एकता मजबुत हुने आशामा नेकपाका नेता कार्यकर्ता

    रासस

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    १५ मंसिर २०७७, सोमबार १४:३२
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    भजनी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला तल्लो तहका नेता भने अझै पार्टीको आन्तरिक विवादको समाधान हुने आशामा देखिएका छन् । पछिल्लो सयम पार्टीका दुवै अध्यक्षले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेसँगै विवाद झन बल्झने सङ्केत देखिएका बेला तल्लो तहका नेता कार्यकर्ता अझै पार्टीको विवाद समाधान भई अझै सुदृढ हुने आशामा देखिएका हुन् । नेकपाकी केन्द्रिय सदस्य मदनकुमारी शाह (गरिमा)ले पार्टी विधानअनुसार अगाडि बढ्न सके पार्टीको समस्या समाधान हुने बताए ।

    विगतका एक अर्काका कमी कमजोरीलाई ल्याएर पार्टीलाई कमजोर बनाउने काम भइरहेको उल्लेख गर्दै शाहले भनिन्, “हाम्रो अहिलेको विवादको कारक धेरै पछाडि फर्किनु पनि हो, २५ वर्ष पहिले कस्ले के गर्यो भन्ने कुरा अहिले बाहिर ल्याउन आवश्यक छैन, यो जनताको विश्वास जित्ने समय हो,त्यसमा पार्टी एकताबद्ध हुनुको विकल्प छैन ।”

    पछिल्लो समय आएका प्रतिवेदनले झन पाटीलाई अप्ठ्यारो मोडमा लिनसक्ने भन्दै त्यस्को समाधानका लागि माथिल्लो तहका नेताले कार्यशैली सुधार गर्नुपर्ने शाह बताउँछन् । “अहिलेको नेकपाको समस्या नेताको कार्यशैलीले उत्पन्न भएको हो, तल्लो तहका नेता कार्यकर्तामा निराशा छ”, शाहले भने, “पार्टी फुट्दैन त्यसमा हामी ढुक्क छौ, पार्टीको एकतालाई मजबुत बनाउँदै लैजाने हो भने पार्टीको विधि र सिद्धान्तलाई सबैले आत्मसात गर्नुको विकल्प छैन ।”

    नेकपा सुदूरपश्चिम प्रदेश सचिव नेपबहादुर चौधरीले दुवै अध्यक्षको प्रतिवेदन आएको अवस्थामा त्यस्को असर तल्लो तहसम्म स्वभाविक भएको उल्लेख गर्दै अब आवश्यक छलफल र संवादले समस्याको समाधान खोजिनेमा आफूहरु विश्वस्त रहेको बताए ।

    उनले व्यक्तिगत धारणा राख्ने स्वतन्त्रता सबैमा भएकाले बाहिर जस्तो देखिए पनि पार्टीलाई झन मजबुद बनाएर लैजाने कुरामा सबैको एकमत रहेको बताए । “पार्टी एकता भएको तीन महिनाभित्र सबै एकताको काम सम्पन्न गर्ने भन्ने थियो, त्यो हुन सकेन, त्यसले पनि कार्यकर्तामा केही खिन्नता ल्याएको छ”, सचिव चौधरीले भने, “एकताले पार्टी मजबुत बन्यो, झण्डै दुई तिहाइको सरकार बन्या, अझै राम्रो गर्न पार्टी एकतालाई मजबुत बनाउनु पर्छ ।” उनले देशमा अस्थिरता देख्न चाहनेले नेकपा फुटेको हेर्न चाहेको उल्लेख गर्दै जसले समृद्धि र समुन्नत राष्ट्र भएको हेर्न चाहन्छ त्यसले नेकपा फुटेको हेर्न नचाहेको बताए ।

    नेकपा कैलाली जिल्ला अध्यक्ष रतनबहादुर थापाले पार्टीको माथिल्लो तहमा जे देखिए पनि त्यस्तो कलह तल्लो तहमा नरहेको जिकिर गरे । उनले तल्लो तहका नेताकार्यकर्ता पार्टीलाई थप एकताबद्ध बनाएर लैजानुपर्नेमा रहेको उल्लेख गर्दै कसैले फुट भन्दैमा फुट्ने र जुट भन्दैमा जुट्ने पार्टी नेकपा नभएको बताए । “जिल्ला तहमा कसैको पनि मानसिकता छैन कि पार्टी फुट्नु पर्छ भन्ने”, अध्यक्ष थापाले भने, “हामी एकता चाहान्छौं, अहिले फुट्ने नभइ जुट्ने बेला हो ।”

    नेकपा टीकापुर नगर अध्यक्ष खडक शाहले आफूमा भएका गलत मानसिकतालाई नेतृत्वले सच्याउन आवश्यक रहेको उल्लेख गरे । उनले सामाजिक सञ्जालमा देखिएका प्रवृत्तिले पार्टीलाई कमजोर पार्दै जाने भएकाले पार्टीमा अनुशासन सीमा तोडिँदै गएकामा चिन्ता व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    कोरियाली प्रायदिपको शान्तिपूर्ण पूनमिलनको बातावरण बन्दै : कुटनितिक बिज्ञहरु

    घोषणा गरेकै समयमा चुनाव हुनेछः प्रधानमन्त्री ओली

    २४ घण्टामा थप ३३९ जनामा कोरोना पुष्टि, ४०१ संक्रमणमुक्त, १० जनाको मृत्यु

    वाग्मती प्रदेशका १३ जिल्लाका लागि लोकसेवाले माग्यो ठुलो संख्यामा कर्मचारी, विज्ञापन सहित

    विप्लव नेतृत्वको नेकपाका नेता अनिल विरही रिहा

    निर्वाचन आयोगले दिएन नेकपा विभाजनलाई मान्यता, पहिलेकै पार्टी यथावत रहने निर्णय

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मलाई अध्यक्ष बनाउने समूहमा गएर पार्टी एकता गर्छुः वामदेव गौतम

    कोरियाली प्रायदिपको शान्तिपूर्ण पूनमिलनको बातावरण बन्दै : कुटनितिक बिज्ञहरु

    घोषणा गरेकै समयमा चुनाव हुनेछः प्रधानमन्त्री ओली

    प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दै मङ्गलबार

    नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पूँजीकरण ३२ खर्ब ८७ अर्ब

    कोरियाली प्रायदिपको शान्तिपूर्ण पूनमिलनको बातावरण बन्दै : कुटनितिक बिज्ञहरु

    घोषणा गरेकै समयमा चुनाव हुनेछः प्रधानमन्त्री ओली

    २४ घण्टामा थप ३३९ जनामा कोरोना पुष्टि, ४०१ संक्रमणमुक्त, १० जनाको मृत्यु

    विप्लव नेतृत्वको नेकपाका नेता अनिल विरही रिहा

    निर्वाचन आयोगले दिएन नेकपा विभाजनलाई मान्यता, पहिलेकै पार्टी यथावत रहने निर्णय

    मलाई अध्यक्ष बनाउने समूहमा गएर पार्टी एकता गर्छुः वामदेव गौतम

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पूँजीकरण ३२ खर्ब ८७ अर्ब

    कुवेतको लुलु एक्सचेन्जबाट ‘मेगा रेमीट’ सेवा

    वाग्मती प्रदेशका १३ जिल्लाका लागि लोकसेवाले माग्यो ठुलो संख्यामा कर्मचारी, विज्ञापन सहित

    सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

    पुँजीगत खर्च साढे १९ प्रतिशतले घट्यो

    सेतोखबर बिशेष

    बालुवाटार जग्गा प्रकरणमा नाम जोडिएपछि लीलामणि पौडेलले सार्वजनिक गरे तथ्यपत्र

    काठमाडौँ । बालुवाटार जग्गा प्रकरणमा पटक पटक नाम जोडिएपछि पूर्व मुख्यसचिव लीलामणि पौडेलले तथ्यपत्र सार्वजनिक गर्नुभएको छ । पौडेलले पत्रपत्रिका र सामाजिक संजालमा...  विस्तृतमा

    ‘जेटका दुई पाइलट थियौं तर ओलीले एक्लै जहाज उडाउन खोजे’: प्रचण्ड

    नेपालमा पनि नयाँ प्रजातिको कोरोना भाइरस फेला

    मिस मंगोल जाङमु शेर्पासँग वैवाहिक सम्बन्धमा बाँधिदै मुख्यमन्त्री शेरधन राई

    ‘कोभिशिल्ड’ खोपलाई आपतकालिन प्रयोग गर्न नेपाल सरकारले दियो अनुमति

    जी न्यूजले माफी माग्दै भन्यो: ‘माउन्ट एभरेस्ट नेपालकै हो र नेपालकै रहनेछ’

    जी न्युजको नेपाली राष्ट्रियतामाथि निरन्तर प्रहार, भन्यो ‘सगरमाथामा पनि भारतले दाबी ठोक्नुपर्छ’

    आज २९९ औँ पृथ्वी जयन्ती, को हुन पृथ्वीनारायण शाह ? छोटो जिवनी सहित

    नेपाली भूभाग समेटेर नयाँ नक्सा छापेपछि मविरुद्ध षड्यन्त्र शुरु: प्रधानमन्त्री ओली

    सेयर बजारले बनायो इलोन मस्कलाई संसारकै सबभन्दा धनी

    उपत्यकामा हालसम्मकै उच्च वायु प्रदुषण, घर बाहिर ननिस्कन सरकारको आग्रह

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑