सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभाबाट निर्वाचित पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरुको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार आयोजित एक समारोहमा महासंघका नवनिर्वाचित अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र संघई र कार्यकारिणी समितिका सदस्यहरुले आ–आफ्नो पद तथा गोपनियताको शपथ लिएको महासंघले जनाएको छ । सो अवसरमा अध्यक्ष गोल्छाले निवर्तमान अध्यक्ष भवानी राणाबाट र नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यले अध्यक्ष गोल्छाबाट पद तथा गोपनीयताको शपथग्रहण गरे ।
अध्यक्षको पदभार ग्रहणपश्चात समारोहलाई सम्बोधन गर्दै अग्रजको सपना पूरा गर्ने कार्यमा आफूले दिलो ज्यानले लाग्ने प्रतिबद्धता जनाए ।
अध्यक्ष गोल्छाले भने, ‘निर्वाचनमा प्यानल, गुट, उपगुट भए पनि आजदेखि हामी एक हौं भनेर मैले भनिरहन पर्दैन । एकताको महत्त्व हामी सबैले बुझेका छौं । निर्वाचनका क्रममा घोचपेच केही थिए भने सबैलाई बिसाएर अब समग्र निजी क्षेत्र र महासंघको हकहितका लागि समर्पित गर्नुहुने विश्वास लिएको छु ।’
उनले थपे– मैले महासंघ र निजी क्षेत्रको सम्मान बढाउन र मुलुकको अर्थतन्त्रमा योगदान पुर्याउन तत्कालीन, मध्यकादीन र दीर्घकालीन योजना बनाएको छु । तत्कालका लागि कोरोना महामारीबाट प्रभावित उद्यमी, व्यवसायीलाई राहत प्रदान गर्न मैले थप प्रयास गर्नेछु । सँगसँगै दिगो र दरिलो अर्थात उत्थानशील अर्थतन्त्र निर्माणका लागि अर्थतन्त्रका विभिन्न क्षेत्रमा सुधारका योजना तयार भएको छ । आर्थिक रणनीतिपत्र पहिलो कार्यकारिणी समितिमा प्रस्तुत गरि तत्काल कार्यान्वयनमा लाने मेरो योजना छ ।
त्यसअघि निवर्तमान अध्यक्ष भवानी राणाले अध्यक्ष गोल्छालाई अध्यक्षको पीन र अध्यक्ष गोल्छाले निवर्तमान अध्यक्ष राणालाई निवर्तमान पदको पिन लगाइदिएका थिए ।
कार्यक्रमलाई सम्बोधनका क्रममा निवर्तमान अध्यक्ष राणाले महासंघमा अध्यक्षको रुपमा रहेर तीन वर्ष र केही महिना सेवा गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि निवर्तमान अध्यक्षको रुपमा रहेर आफूले सकेको सहयोग गर्ने विश्वास दिलाइन् । निवर्तमान अध्यक्ष राणाले अर्थतन्त्रको विकास र निजी क्षेत्रको प्रभावकारी भूमिका बढाउन नयाँ टिम सफल हुने विश्वास समेत व्यक्त गरिन् ।
कार्यक्रममा प्रमुख निर्वाचन अधिकृतले अध्यक्ष, पदाधिकारी र कार्यकारिणी समितिलाई प्रमाणपत्र पनि वितरण गरे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा