सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । पछिल्लो समय राजतन्त्र पक्षमा देशका विभिन्न ठाउँमा भैरहेका प्रदर्शनबारे सरकारले मुख खोलेको छ ।
मन्त्रिपरिष निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मलेनमा सरकारले सरकारले राजावादीहरुले संविधान र व्यवस्थाविरुद्ध जनतालाई भड्काउन खोजेको भन्दै आपत्ति जनाएको हो ।
सरकारका प्रवक्ता पार्वत गुरुङले राजनीतिक व्यवस्था र सरकारविरुद्ध पुनर्उत्थान र प्रतिक्रियावादीले टाउको उठाउन खोजेको भन्दै यसमा सहभागी नहुन सबैलाई अपील गर्नुभएको छ ।
केही समययता देशका विभिन्न ठाउँमा गणतन्त्रको विरोध र राजतन्त्रका पक्षमा जनप्रदर्शन हुन थालेको छ ।
सरकारले नेपालमा भ्रष्टाचार बढेको ट्रान्सफरेन्सी इन्टरनेशनलको प्रतिवेदनलाई पूर्वाग्रहपूर्ण र आफुविरुद्धको अभियान भएको भनेको छ ।
सरकारले प्रतिवेदनमाथि मात्र हैन्, ट्रान्सफरेन्सी नेपालका अध्यक्ष र सर्वेक्षणमा सहभागी नेपालीलाई समेत सरकार विरोधीको भएको बताएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा