सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा आफ्नो दस्तावेज पेस गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले ओलीमा अझै अहंकार र दम्भ कायम रहेको बताएका छन् ।
उनले बैठकमै ओलीलाई पार्टी विभाजनको नाइकेका रुपमा चित्रित गरे । ओलीले दाहाल नै पार्टी विखण्डनको दिशातर्फ उन्मुख भएको निचोडसहितको प्रस्ताव पेस गरेपछि दाहालले आफूले अहिलेसम्म त्याग गर्दै आएको र ओलीले पार्टी विभाजनका लागि विभिन्न हर्कत गरेर जनतालाइै धोका दिएको आक्षेप लगाए ।
‘तपाईमा गल्ती सच्याउने तत्परता छैन, यो दस्तावेजमा पनि अहंकार र दम्भ छ’, दाहालले बैठकमा भने, ‘मिल्न खोजेजस्तो छैन ।’
दाहालले गतबर्ष केन्द्रिय कमिटि बैठकपछि राजधानीको पशुपति भिजन कम्प्लेक्समा ओली पक्षका ब्यक्तिहरु बसेर एमाले ब्युँत्याउने प्रयास गरेको र त्यही पृष्ठभूमिका आधारमा दल विभाजन गर्ने अध्यादेश ल्याएको आरोप लगाए ।
ओलीले दाहालको प्रस्तावमाथि जवाफी प्रस्ताव पेस गरेपछि अब यी दुवै प्रतावमाथि आउँदो सचिवालय बैठकमा नेताहरुबीच छलफल हुनेछ । कान्तिपुर दैनिकबाट
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा