सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । विश्व वैंकले कोभिड १९ का कारण विश्व बजारमा रेमिट्यान्स घट्ने अनुमान गरेको थियो । तर उसको अनुमान विपरीत रेमिट्यान्स कारोबार बढेको र रेमिट्यान्स प्रयोगकर्ताको संख्या पनि बढेको सरोकारवालाहरुले बताए ।
ब्रान्डवर्थ प्रालिद्वारा आयोजित फोनपे डिजिटल इकोनोमी कन्क्लेभ २०२० अन्तर्गत ’डिजिटल रेमिट्यान्स, दि कस्ट अफमुभिङ मनी’ सत्रमा कोभिडले रेमिट्यान्सको दायरा बढाउन अझ मद्दत गरेको कुरा सरोकारवालाले बताए ।
कार्यक्रममा बोल्दै आइएमई ग्रुपका कार्यकारी अधिकृत सुमन पोखरेलले कोभिडको समयमा सबैजना आत्तिए पनि विस्तारै बानी पर्दै गएको बताए ।
‘हामीलाई पनि लागेको थियो धेरै नेपाली फर्किनेछ र अब रेमिट्यान्स घट्नेछ । धेरै नेपालीहरु फर्किनु पनि भयो तर फर्किनेहरुले पनि सामान नल्याएर पैसा पठाउनुभयो त्यो पनि वैधानिक रुपमा । यसले गर्दा पनि महामारीको समयमा पनि रेमिटयान्सको कारोबार बढ्न गएको हो,’ उनले भने ।
उनका अनुसार पहिले धेरै अवैधानिक रुपमा पैसा विदेशबाट नेपाल पठाउने गरिन्थ्यो तर अहिले वैधानिक रुपमा आउन थालेको छ । नेपालमा मात्र होइन, दक्षिण एसियामा पनि बढेको छ रेमिट्यान्सको व्यावसाय बढेको उनले बताए ।
‘पछिल्लो समयमा रेमिट्यान्स क्षेत्रलाई कसरी नियमनगर्ने र व्यवस्थित बनाउने भन्ने विषयमा राष्ट्र बैंकले पनि धेरै चासो देखाइरहेको छ । जुनहाम्रो लागि एकदम राम्रो सुरुवात हो,’ उनले भने । यद्यपि बढ्दो डिजिटल कारोबार सँगै बढिरहेको चुनौतीहरुलाई पनि सम्बोधन गर्दै जानुपर्नेमा उनले जोड दिए ।
‘डिजिटल कारोबारको लागि इन्टरनेट सेवालाई पनि अझ बढी सहज गर्नुपर्नेछ, धेरै मान्छेहरु अझै पनि फोरजी नेटवर्क चलाउन पाएका छैनन्,’ उनले भने ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले पछिल्लो समयमा प्रविधिको विकासले डिजिटल रेमिट्यान्सको राम्रो वृद्धि भइरहेको बताए । तर यसको विषयमा धेरैलाई अझै पनि जानकारी नभएको उनको भनाइ छ ।
‘हाम्रो धेरै जसो ग्राहक भनेको प्रवासी कामदारहरु छन् । हामीले उहाँहरुलाई बुझाउन जरुरी छ– हामीलाई डिजिटल रेमिट्यान्सको आवश्यकता किन छ र यसको प्रयोगको फाइदाहरु के के हुन्छन्,’ उनले भने, ‘अझै पनि करिब पाँच वर्ष लाग्छ नेपाल जस्तो मार्केटले डिजिटल रेमिट्यान्सलाई एडप्ट गर्न ।’
हरेक देशमा रहेका लोकल एजेन्टहरुको कारणले पनि पैसा पठाउनेहरुको लागि वैधानिक बाटो महँगो पर्न गएको चौधरीले बताए । ‘हामीले हरेक ठाउँमा आफ्नो मान्छे राखेर ग्राहकलाई डिजिटल कारोबार सम्बन्धी जानकारी दिन सक्नुपर्छ यद्यपि यो एकदमै चुनौतीपुर्ण छ,’ उद्यमीको हकमा भने नयाँ आउनेको लागि पनि बजारमा अहिले धेरै राम्रा अवसर रहेको उनी बताउँछन् ।
नयाँ उद्यमीले बजारमा आफूलाई सस्टेन गर्न भने नयाँ व्यावसायिक योजनाहरु लिएर आउनुपर्ने बताउँछन्, म्याट टेक्नोलोजी इन्क नेपालका सह—संस्थापक बालकृष्ण जोशी । ‘पछिल्लो समयमा विकास हुँदै गइरहेको प्रविधिले गर्दा पनि यो व्यवसायलाई धेरै सहयोग गरेको छ । कोरोना महामारीले गर्दा रेमिट्यान्स व्यवसायलाई झन धेरै बृद्धि हुने मौका दियो,’ उनले भने, ‘यसले यस क्षेत्रमा थुप्रै अवसरहरु पनि बनाएको छ । अहिले त रेमिट्यान्समा लागत पनि घटिरहेको छ ।’ त्यसैले, प्रतिस्पर्धामा उत्रिन नयाँ मान्छेहरुले नयाँ व्यावसायिक मोडेलहरु कस्तो कस्तो ल्याउँछन् भन्नेमा यो व्यावसायको भविष्य निर्भर हुन्छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा