सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । एनआइसी एसिया बैंकले देश तथा विदेशमा रहेका नेपाली नागरिकका लागि ‘फोटो–पात्रो २०७८’ नामक फोटो प्रतियोगिता सार्वजनिक गरेको छ ।
बैंकले आफ्ना ग्राहक एवं अन्य व्यक्तिको फोटो खिच्ने कौशलको कदरस्वरूप २०७८ को क्यालेन्डरमा उनीहरुले खिचेका फोटोलाई स्थान दिने योजनाअनुरुप प्रतियोगिता आयोजना गरेको जनाएको हो । यसरी प्राप्त हुने फोटोलाई क्यालेन्डरमा राख्ने मात्र नभई बैंकले उचित नगद पुरस्कारको व्यवस्था समेत गरेको जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुकले सिजन, आशा र सकारात्मकता, जीवनशैली र मित्रता विधामा आफूले खिचेका एक वा एकभन्दा बढी फोटो पठाउन सक्ने बताइएको छ । ५० शब्दमा नबढाई आफ्नो फोटोको क्याप्सन लेखी https://www.nicasiabank.com/photo-patro लिंकमा अपलोड गर्नुपर्ने बैंकले जनाएको छ । प्रतियोगिताबाट प्राप्त उत्कृष्ट १२ फोटालाई बैंकले आफ्नो नयाँ वर्ष २०७८ को क्यालेन्डरमा प्रकाशित गर्नेछ र उक्त फोटोका लागि बैंकले प्रतिफोटो १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्नेछ ।
यस प्रतियोगिताबाट उत्कृष्ट १२ मा सामेल हुन नसकेका अन्य आकर्षक फोटाहरुलाई बैंकले सम्मानस्वरूप आफ्नो सामाजिक सञ्जालका माध्यमहरू एवं विभिन्न प्रवर्द्धनात्मक प्रयोजनमा फोटो खिच्नेको नाम र क्याप्सनका साथ प्रकाशित गर्ने व्यवस्था गरेको छ । प्रतियोगितामा पठाउनुपर्ने फोटो कम्तीमा ५४०० इन्टु ३६०० पिक्सल, साइज (इन्च) १८ इन्टू १२, रिजोलुसन ३०० डिपिआई र ल्यान्डस्केप हुनु पर्नेछ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा