सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन । चितवन आइपुगेका पूर्व युवराज पारस शाहको छातीमा समस्या आएको छ । नारायणगढस्थित सेन्ट्रल पाम होटलमा मङ्गलबार साँझ भैरहवाबाट आएर बसेका शाहलाई बुधबार छातीमा समस्या देखिएको हो । पारस शाह आँफैले गाडी चलाएर चितवन आएका थिए।
शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले परीक्षण शुरु गरेको छ । रेग्मीका अनुसार उनलाई होटलमै ईसिजी र रगत परीक्षण गर्न लागिएको छ ।
ईसिजी र रगत परीक्षणको नतिजा आएपछि छातीको समस्याबारे एकिन हुने डा.रेग्मीले जानकारी दिए । शाहमा मुटुसम्बन्धी पुरानै समस्या रहेको थियो । सोही समस्या बुल्झिएको अनुमान चिकित्सकले गरेका छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा