सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी महामारीले रोजगारीको लागि बिदेसिने नेपालीको संख्या लगभग शून्यमा झरे पनि विदेशमा रहेका नेपालीले पठाउने रकम भने १२ प्रतिशतभन्दा धेरैले बढेको तथ्यांक सार्वजनिक भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा दुई खर्ब ५८ अर्ब ८६ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.६ प्रतिशतले बढी हो । यस अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या भने अघिल्लो वर्षको तुलनामा स्वाट्टै घटेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स ५.१ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिटेन्स ७.६ प्रतिशतले बढेर दुई अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ४.७ प्रतिशतले घटेको थियो ।
यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रमस्वीकृति लिनेको संख्या भने ९६.८ प्रतिशतले घटेको छ । पुनः श्रम स्वीकृति लिनेको संख्या ७८.६ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि हुन्डी कारोबार रोकिएर वैधानिक तरिकाले रेमिट्यान्स आउँदा यसको समग्र आकार बढेको अनुमान छ ।
यस अवधिमा खुद ट्रान्सफर १०.२ प्रतिशतले बढेर दुई खर्ब ८६ अर्ब ९१ करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो ३.८ प्रतिशतले घटेको थियो ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा चालु खाता ३४ अर्ब ३६ करोड रूपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २२ अर्ब ४७ करोड रूपैयाँले घाटामा रहेको थियो । सोही अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपात क्रमशः ३९.० , ११७.३ र ३२.९ प्रतिशत छन् । २०७७ असार मसान्तमा यी अनुपात क्रमशः ३७.२, १०५.७ र ३३.१ प्रतिशत थिए ।
१५ प्रतिशतले घट्यो व्यापार घाटा
पछिल्लो तीन महिनामा व्यापार घाटा १५.१ प्रतिशतले घटेको छ । वस्तु व्यापार घटेर दुई खर्ब ६१ अर्ब २२ करोड रूपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १२.० प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.६ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत थियो ।
यस्तै, कुल वस्त निर्यात १४.३ प्रतिशतले वृद्धि भई ३१ अर्ब पाँच करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४.४ प्रतिशतले वृद्धि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ६.६ प्रतिशत, २६.९ प्रतिशत र १९.० प्रतिशतले घटेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा