सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । महोत्तरीको बर्दिबासमा बालिका हत्या प्रकरणको विरोधमा उत्रदा प्रहरीको गोली लागेर घाइते भएका सञ्जय भनिने बुद्धिराज न्यौपानेको उपचारका क्रममा मृत्यु भएको छ।
हेलिकप्टरबाट काठमाडौँ ल्याइएका उनको उनको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
६ वर्षीय बालिका गुलाब साह खातुनको निर्मम हत्या गर्ने दोषीलाई कडा कारवाहीको माग गर्दै भएको आन्दोलनमा भीड नियन्त्रण गर्न मंगलबार प्रहरीले गोली चलाएको थियो। तीघ्रामा गोली लागेर न्यौपाने सख्त घाइते भएका थिए।
बर्दिबासस्थित पिनाकल हस्पिटलमा उपचार हुन नसकेपछि थप उपचारका लागि उनलार्य हेलिकप्टरबाट काठमाडौं पठाइएको थियो। उपचारका क्रममा राति १२ बजेर ४ मिनेटमा उनको मृत्यु भएको बताइएको छ ।
गोली लागेर घाइते भएका अर्का श्याम कार्कीको काठमाडौंमै उपचार भइरहेको छ। प्रदर्शनमा टाउको फुटेका अफताम आलमको बर्दिबासमा उपचार हुँदैछ । आइबार साँझ गाउँबाटै बेपत्ता भएकी महोत्तरीको बर्दिबास–१४ शुभम् बस्तीकी गुलाबको शव सोमबार मध्यरातमा उनको घरनजिकैको झाडीमा बोरोमा राखेर फालिएको अवस्थामा भेटिएको थियो ।
घटनालाई लिएर मंगलबार दिनभर बर्दिबासमा स्थानीयले प्रदर्शन गर्दा अवस्था तनावपूर्ण बनेको थियो । राजमार्गमा शव प्रदर्शन गर्ने क्रममा बर्दिबासस्थित भोला बसन्त चोकमा रहेको प्रहरी बिटमा आन्दोलनकारीले ढुङ्गामुढा र आगजनी गरेपछि प्रहरीले भीड तितरवितर गर्न हवाईफाईर गरेको थियो ।
बालिकाको हत्या आरोपमा गौशाला ५ का २५ बर्षीय अरुणकुमार साह पक्राउ परेका छन् । उनले बालिकाको हत्या आफूले गरेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा