सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का आईसीसी उत्कृष्ट एशोसिएट प्लेयर अवार्डको मनोनयनमा परेका छन् ।
आईसीसीले सार्वजनिक गरेको एसोसिएट राष्ट्रतर्फको ‘आईसीसी मेन्स एसोसिएट प्लेयर अफ द डिकेड’ अवार्डका लागि पूर्व कप्तान खड्का मनोनयनमा परेका हुन् । आईसीसीले मंगलवार जारी गरेको मनोनयमा पारस सहित अन्य एशोसिएट राष्ट्रका ६ खेलाडीहरु पनि परेका छन् । यस मनोनयनमा स्कटल्याण्डका तीन खेलाडीहरु केली कोट्जेर, कालुम म्याक्लिओड र रिची बेरीङटन परेका छन् ।
त्यस्तै, नेदरल्याण्ड्स र पपुवा न्यूगिनीबाट पनि एक–एक खेलाडी मनोनयनमा परेका छन । नेदरल्यान्ड्सबाट पिटर बोरेन र पपुवा न्यूगिनीबाट असाद भाला मनोनयनमा परेका हुन् ।
आईसीसीले डिसेम्बर १८ तारिखमा भोटिङको आधारमा विजेताको नाम घोषणा गर्नेछ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारसको नेतृत्वमा नेपालले वि.सं. २०६९ मा दुई अन्तर्राष्ट्रिय प्रतियोगिता जितेको थियो भने एकको फाइनलमा पुगेको थियो । पारस कप्तान रहेको टिमले मलेसियामा सम्पन्न आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन-४ र त्यस लगत्तै दुबईमा एसिसी एलिट ट्रफी २०१३ को उपाधि जित्यो । नेपालमा सम्पन्न एसिसी टि-ट्वान्टी कप २०१३ को फाइनल खेलेको थियो । एसिसीका दुबै प्रतियोगितामा पारस ‘म्यान अफ द सिरिज’ बने । उनकै नेतृत्वमा सशस्त्र प्रहरी बल (एपिएफ)ले घरेलु प्रतियोगितामा पनि सफलता चुमेको थियो । खड्कालाई राष्ट्रिय क्रिकेट टिमको सफल कप्तानको रुपमा लिइन्छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा