सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दोलखा । दोलखाको प्रसिद्ध धार्मिक स्थल भिमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । आज दिउँसो २ बजेदेखि भीमेश्वरको शिलामा निरन्तर पसिना आइरहेको छ ।
भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले भीमेश्वरको शिलाको दायाँ बायाँ दुवै भागबाट पसिना आएको जानकारी दिनुभयो । दायाँ पट्टिबाट पसिना आउँदा राजापक्षलाई र बायाँपट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने धार्मिक मान्यता रहँदै आएको छ ।
भिमसेनको शिलामा पसिना आएपछि मन्दिर परिसरमा ठूलो संख्यामा स्थानीय भेला भएका छन् ।
२०७६ फागुन ८ गते १७ औं पटक भीमसेनलाई पसिना आएको थियो ।
यस अघि २००७, २०४६, सालको राजनीतिक परिवर्तन, २०६२,६३ को जनआान्दोलन, दरबार हत्याकाण्ड, १९९० सालको महाभूकम्प, २०७२ को महाभूकम्प लगायत अनिष्ट हुनु अघि पनि यो शिलाबाट पसिना आएको त्यहाँका पुजारीहरुले बताएका छन् ।
त चैत ११ गतेदेखि लकडाउन गरेर ११५ दिनपछि केही महिनाअघि नियमित पूजाको लागि खोलिएको मन्दिर एकहप्ता पछि पुन बन्द गरिए यता हालसम्म पनि सर्वसाधारणको लागि मन्दिर बन्द रहँदै आएको थियो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा