सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । काठमाडौंको पशुपति आर्यघाटमा बेबारिसे शव जलाउने सपना रोका मगर विश्वका सय प्रभावशाली महिलाको सूचीमा परेकी छिन् ।
अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले सोमबार सार्वजनिक गरेको सन् २०२० का प्रेरणादायी र प्रभावशाली महिलाको सय जनाको सुचीमा नेपालकी सपना रोका मगर समेत परेकी हुन् ।
कठिन परिस्थितिमा पनि संघर्षको बाटोलाई स्वीकार्दै समाज परिवर्तनका लागि नौलो र उदाहरणीय काम गरेका सय महिलाको सूची बीबीसीले सार्वजनिक गरेको हो ।
बेवारिसे शव व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष तथा समाजसेवी विनयजंग बस्नेतले बेवारिसे लाश जलाउने गरेको देखेपछि उनले पनि यही काम थिलेकी हुन् ।
बिनय बस्नेतसँगै मिलेर उनले समाज सेवामा समर्पित हुन पुगेकी हुन् । सपना र विनयले हालसम्म कम्तीमा तीन सयभन्दा बढी शवको धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरीसकेका छन् ।
उनले काठमाडौंका विभिन्न स्थानमा बेवारिसे अवस्थामा भेटिएका शबको आफन्त बनेर दागबत्ती दिँदै आएकी छिन् ।
म्याग्दी घर भएकी म्याग्दीकी १८ वर्षीया सपना पढाइको लागि काठमाडौं आएकी थिइन् ।
बीबीसीको उक्त सूचीमा फिनल्याण्डमा गठबन्धन सरकारको नेतृत्व गर्नुभएको सान मरिन सबैभन्दा शीर्ष स्थानमा हुनुहुन्छ । त्यसैगरी, अक्सफोर्ड विश्वविद्यालयमा कोरोनाभाइरस विरुद्धको खोप अनुसन्धान गर्ने सरह गिलबर्ट समेत उक्त सूचीमा हुनुहुन्छ । बीबीसीको उक्त सूचीमा एकजना महिलाको स्थान रिक्त राखिएको छ । बीबीसीको अनलाइन संस्करणले लेखेको छ, “असाधारण वर्षमा अरुलाई सहयोग गर्दागर्दै अनगन्ती महिलाले त्याग गरेको हुनसक्छ, श्रद्धाञ्जली स्वरुप एकजनाको नाममा एक स्थान रिक्त राखिएको छ । ”
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा