सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । मनकामना दर्शन प्रालिले कोभिड १९ को कारणले विगत सात महिनादेखि ठप्प रहेको देशकै पहिलो मनकामना केबुलकार स्वास्थ्य सतर्कता अपनाउँदै छिट्टै सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले मनकामना केबुलकार २३औं वर्ष प्रवेश गरेको उपलब्धमा एक विज्ञप्ति जारी गर्दै आवश्यक स्वास्थ्य सतर्कता अपनाएर केही समयभित्रै सञ्चालनमा ल्याउने जनाएको छ ।
कम्पनीका अनुसार २२ वर्षको अवधिमा करिब डेढ करोड भक्तजनले केबुलकारको यात्रा गरेका छन् । केबुलकारले स्ट्यान्डर्ड अपरेसन प्रोसिड्योर अनुसार निर्देशिका कार्यान्वयनमा ल्याउने गरी स्थानीय तह र उद्योगी व्यवसायीस“ग समन्वय गरिरहेको जनाएको छ । पहिला स्थानीयको सुरक्षाका लागि समेत हामीले केबुलकार नखोलिएको तर अहिले स्थानीय उद्योगी, व्यवसायी पनि केबलकार खोल्ने खबरले उत्साहित भएकोले स्थानीय तहको स्वीकृतिमा केबुलकार छिट्टै नै खुला गरिने कम्पनीले जनाएको छ ।
कोभिडपछिका दिनमा केबुलकारको टिकट अनलाइनमार्फत खरिद गर्न सकिने व्यवस्था मिलाएको छ । ई–सेवामार्फत टिकट बुकिङ गर्दा यात्रुले फोनमै टिकट प्राप्त गर्न सक्नेछन् । फोन पेमार्फत टिकट काउन्टरबाट टिकट लिन सक्ने बताइएको छ । सुगमदेखि दुर्गम क्षेत्रसम्म इ–पेको पहु“च पुगिसकेको छ । नगदरहित कारोबार, यात्रु सेवा सहजतासँगै भीडभाड कम हुने गरी सेवा दिने तयारी रहेको कम्पनीले जनाएको छ ।
‘कम्पनीले यात्रु र आफ्नो जनशक्तिको स्वास्थ्य सुरक्षाका लागि मुख्य ढोकादेखि नै हेल्थ स्क्रिनिङको तयारी गर्नुका साथै प्रत्येक घन्टा डिसइन्फेक्ट गर्नेछ,’ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यात्रु र सेवामा सहभागी कर्मचारीलाई फेस सिल्ड, मास्क, स्यानिटाइजेसनको व्यवस्था गरिनेछ ।’
कम्पनीका अनुसार स्यानिटाइजेसन, ह्यान्ड वास, डिसइन्फेक्सन मेसिन, शरीरको तापक्रम मापन, मास्क, फेस सिल्ड र फ्रन्टलाइन वर्करलाई पिपिई लगायतको स्वास्थ्य सुरक्षाको प्रबन्ध गरी छिट्टै नै पुनः सेवा सञ्चालन गर्ने कम्पनीले जनाएको छ । कम्पनीले कुरिनटार स्टेसन र मन्दिर क्षेत्रमा रहेको स्टेसनमा आइसोलेसन वार्डसमेत तयार गरेको जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा