सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
झापा । झापाको कमल गाउँपालिका-६ का ४७ बर्षीय चुडामणी भण्डारी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । आईतवार अपरान्ह साँढे ५ बजेको समयमा निजको श्रीमती ३९ बर्षीया टिका देवी पौडेल र दमक नगरपलिका-२ का २५ बर्षीय प्रकाशचन्द्र दाहाल खेतमा धान उठाउन गएकोमा भण्डारी एक्कासी आवेशमा आई दुबै जनालाई खुकुरी प्रहार गर्दा टिका देवीको घटनास्थलमा नै मृत्यु भएको हो ।
खुकुरी प्रहारबाट घाईते भएका दाहालको एडभान्स अस्पताल दमकमा उपचार भईरहेको तथा खुकुरी प्रहार गर्ने भण्डारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा