सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या दुई लाख १८ हजार ६३९ पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या २४ हजार ९ छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्यांक अनुसार आज देशभर २३ सय २३ जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या एक लाख ९३ हजार ३२५ छ।
मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टाभित्र देशभरका विभिन्न ल्याबमा जम्मा ८ हजार १४४ नमुना परीक्षण भएको छ। यससँगै हालसम्म देशभर १६ लाख ५२ हजार ४३ पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले तथ्यांकमा जनाएको छ।
२४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १३ सय ५ पुगेको छ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा