सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । कतार एयरवेजले फिफा विश्वकप २०२२ को लोगो भएको विमान सार्वजनिक गरेको छ । प्रतियोगिताका लागि फिफाको आधिकारिक पार्टनर तथा एयरलाइन्स रहेको कतार एयरवेजले हिजो बोइङ ७७७ विमानमा विश्वकपको लोगो सार्वजनिक गरेको हो । कतारले आयोजना गर्ने २०२२ विश्वकप सुरु हुन आज बाट ठिक दुई वर्षको समय बाँकी रहेको छ ।
“फिफासँगको हाम्रो साझेदारी र कतार विश्वकप २०२२ को आयोजकको रूपमा लोगो भएको विमानलाई सार्वजनिक गर्दा उत्साहित छौं । फिफाको आधिकारिक साझेदारीको रूपमा
विश्वलाई हाम्रो सुन्दर देशमा अबको दुई वर्षमा स्वागत गर्न थपिएको उत्साह हामीले महशुस गरिरहेको छौं,” कतार एयरवेज समूहका प्रमुख अकबेर अल बेकरले बताएका छन् ।
२०२१ मार्च सम्ममा १२५ वटा गन्तव्य पुग्ने लक्ष्य राखेको कतार एयरवेजले आगामी दिनमा लोगो भएको थप विमान सार्वजनिक गर्ने बताएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा