सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । उपत्यका मेयर्स फोरमले छठपछि लकडाउनको माग गरेको छ ।
मेयर संघका उपाध्यक्ष तथा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनका अनुसार फोरम र कोभिड–१९ ब्यवस्थापन संचालन केन्द्रको एक साता अगाडि बसेको बैठकले कडा लकडाउनको माग गरेका हुन ।
बैठकमा सरकारकातर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल उपस्थित भएका थिए ।
बैठकमा १४ जना मेयरहरुमा मात्र उपस्थित रहेका जानकारी दिंदै महर्जनले भने,‘उपस्थितमध्ये तीन, चारजनाले कडा रुपमा लकडाउनको माग गरेका थिए ।
तर काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भने न्यूट्रल हुनुहुन्थ्यो ।’ मेयरहरुले बन्द गर्ने हो भने एकदम प्रभावकारी तथा लक्ष्यसहितको हुनुपर्ने माग गरेका थिए ।
कार्यक्रममा गृहमन्त्री थापाले छठपछि विधिपूर्वक लकडाउन गरिने आशय ब्यक्त गरेको महर्जनको भनाइ छ । -अन्नपूर्ण पोष्ट दैनिकबाट
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा