सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कोरोना भाइरसविरुद्ध प्रभावकारी खोप तयार गरेको दाबी गर्ने अमेरिकी औषधी उत्पादक कम्पनी फाइजरले त्यहाँको नियमनकारी निकायसँग उक्त खोप सर्वसाधारणमा प्रयोग गर्ने अनुमति मागेको छ ।
यो कदमले आगामी महिनाबाट उक्त खोप अमेरिकी सर्वसाधारणलाई लगाउने बाटो खोल्न सक्ने र अन्ततोगत्वा गत वर्ष नोभेम्बरमा सुरु भएको कोरोना महामारी रोकिने अपेक्षा गरिएको छ ।
फाइजर र यसको जर्मन साझेदार बायोनटेकले उक्त खोप कोभिड १९ को सामान्यदेखि गम्भीर किसिमको लक्षण रोक्न ९५ प्रतिशत सफल भएको घोषणा गरेको केही दिनपछि सर्वसाधारणमा प्रयोग गर्ने अनुमति माग्दै आवेदन दिएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ।
निर्माता कम्पनीहरुले कोभिड १९ को रोकथाम र राम्रो सुरक्षा रेकर्डको अर्थ उक्त खोप आपतकालीन प्रयोग अनुमतिका लागि योग्य भएको बताएका छन् । उनीहरुले अन्तिम चरणको परीक्षण सम्पूर्ण रुपले पूरा हुनुअगावै आपतकालीन प्रयोगको अनुमति दिन अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनमा आवेदन दिएको शुक्रबार जनाएका छन् ।
अमेरिका र विश्वभरी नै कोरोना भाइरसको संक्रमण बढिरहेकोले नियमनकारी निकायलाई खोपका विषयमा छिट्टै निर्णय गर्न दबाब परेको छ ।
ती कम्पनीले खोप प्रभावकारी र सुरक्षित रहेको घोषणा गरेकै दिन सरुवा रोगसम्बन्धी अमेरिकी अधिकारी डा. एन्थोनी फाउचीले खोप सफलताउन्मुख रहे पनि मास्क र सुरक्षा उपायहरु छाड्ने बेला भइनसकेको प्रतिक्रिया दिएका थिए ।
अनुमति पाएको खण्डमा फाइजरको खोप डिसेम्बरमा करिब दुई करोड ५० लाख मात्रा, जनवरीमा ३ करोड मात्रा तथा फेब्रुअरी र मार्चमा तीन करोड ५० लाख मात्रा उपलब्ध हुने अनुमान गरिएको छ । यो खोप तीन हप्ताको अन्तरालमा दुई मात्रा लगाउनुपर्छ ।
अर्को अमेरिकी कम्पनी मोडेर्नाले पनि आफ्नो खोप फाइजरको जत्तिकै प्रभावकारी र सुरक्षित रहेको बताएको छ । उसले पनि चाँडैनै आपतकालीन प्रयोगको अनुमति माग्दै फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनमा आवेदन दिने अपेक्षा गरिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा