सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । सेञ्चुरी बैंकले गरी दुई प्रकारको अनलाइन एकाउन्ट सेवा सुरु गरेको छ । कोभिड–१९को कारणले गर्दा बैंकका सेवा ग्राहिहरुलाई पर्न गएको विभिन्न बैंकिङ्ग समस्याको समाधानको निम्ति सेञ्चुरी बैंकले डिजिटल बैकिङलाई अझै सहज बनाउने प्रयास स्वरुप दुई प्रकारको अनलाइन एकाउन्ट सेवा सुरु गरेको हो ।
ग्राहकहरुले घरमै बसेर शुन्य मौज्दातमा खोलिने उक्त खाताहरुमा बैंकले वार्षिक ५.५० % को दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने बैकले जनाएको छ ।
बचत खातामा उच्चतम प्रतिफलका साथ खोल्न मिल्ने उक्त खाताहरु डिजिटल्ली खुल्ने र ग्राहकहरु बैंकमा उपस्थित हुन नपर्ने हुँदा डिजिटल बैकिङलाई प्राथमिकता दिदैं उक्त बचत खाताहरुमा प्रबर्धनको निम्ति बढि ब्याजदर दिइएको बैकले दाबी गरेको छ ।
सेञ्चुरी सहज खातामा नयाँ ग्राहकले खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गरी सेन्चुरी पे मार्फत वालेटको कारोबार समेत गर्न सकिनेछ । यी नयाँ सेवा मार्फत ग्राहकवर्गहरुले विभिन्न डिजिटल माध्यमबाट प्रति दिन ५ हजार बराबर क्यास लेस कारोबार गर्न सक्नेछन् भने उक्त खातामा वार्षिक १ लाख सम्म कारोवार गर्न सकिनेछ ।
सेञ्चुरी क्लीक एकाउन्ट मा नयाँ ग्राहकले अनलाइन बाटै खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गर्न सकिनेछ । उक्त खातामा वार्षिक १५ लाखसम्म कारोवार समेत गर्न सकिनेछ । विशेष गरी विदेशमा रहेका नेपालीहरुलाई लक्षित गरि बैंकले यो खाता संचालनमा ल्याएको जनाएको छ ।
उक्त खाताहरु खोल्दा आवश्यक भेरिफिकेशन कोड बैंकले आधिकारिक मोबाइलमा वा ईमेलमा उपलब्ध गराउने र सहजै खाता खोल्न र संचालन गर्न सकिनेछ ।
बैंकको अनलाइन एकाउन्ट सेवा https://onlineaccount.centurybank.com.np बाट लिन सकिनेछ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा