सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । एनआइसी एसिया बैंकले अत्यन्त आकर्षक भन्दै निश्चित अवधिमा निक्षेपकर्तालाई साँवाको दोब्बर रकम भुक्तानी गर्ने मुद्दती योजना ल्याएको छ । बैंकले ‘डबल डिपोजिट’ नाम दिएको यो योजना अन्तर्गत व्यक्तिगत निक्षेपकर्तालाई ७ वर्ष ७ महिनामा र संस्थागत निक्षेपकर्तालाई ८ वर्ष ८ महिनामा साँवाको दोब्बर रकम भुक्तानी गर्ने बैंकले बिहीबार साँझ एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।
बैंकले समयको मागलाई उचित पहिचान गर्दै दीर्घकालीन रुपमा लगानी गरी उच्च र आकर्षक प्रतिफल चाहने व्यक्तिगत र संस्थागत दुवै निक्षेपकर्ताका लागि यो योजना ल्याएको जनाएको छ । ‘यस योजना अन्तर्गत व्यक्तिगत निक्षेपकर्ताको हकमा सुरुमा ‘डबल डिपोजिट’ मुद्दती निक्षेप योजनामा जम्मा गरेको रकम ७ वर्ष ७ महिनाको अवधिमा डबल हुनेछ ।
संस्थागत निक्षेपकर्ताको हकमा जम्मा गरेको ८ वर्ष ८ महिनाको अवधिमा रकम डबल हुनेछ,’ बैंकको विज्ञप्तिमा भनिएको छ, ‘यो योजनामा सहभागी हुनको लागि न्यूनतम रकम १० हजार रुपैयाँ रहेको छ ।’ ‘डबल डिपोजिट’ मुद्दती निक्षेप योजनाको समय अवधि सकिएपछि प्राप्त हुने दोब्बर रकममा नियमअनुसार सम्पूर्ण आयकर कट्टा भइसकेको हुनाले ग्राहकले दोब्बर रकम नै प्राप्त गर्ने बैंकले प्रस्ट पारेको छ ।
निक्षेप अवधिको अन्त्यमा प्राप्त हुने दोब्बर रकम कर कट्टापछिको भएकोले ग्राहकलाई थप फाइदा हुने बैंकको भनाइ छ । यस योजना अन्तर्गत ग्राहकले उक्त मुद्दती निक्षेप खातामा रहेको रकमको ९० प्रतिशतसम्म कर्जा सुविधा समेत लिन सक्ने बताइएको छ ।
यस योजना दिर्घकालीन रुपमा लगानी गर्न इच्छुक ग्राहकका लागि स्वर्णीम अवसर बन्ने र अहिलेको आवश्यकता अनुसारको यस मुद्दती निक्षेप योजनालाई धेरैले रुचाउने विश्वास बैंकले लिएको छ । यस योजना अन्तगर्तत दीर्घकालीन लगानी गर्न इच्छुक ग्राहकले आफूलाई सहज हुने एनआइसी एसिया बैंकको कुनै पनि शाखामा गई उक्त मुद्दती निक्षेप खाता खोली डबल डिपोजिटको फाइदा लिन सक्ने बताइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा