सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनगढी । राजा समर्थकहरूले आज धनगढीमा प्रदर्शन गर्ने भएका छन् ।
सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिकको आयोजनामा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागी दबाब दिन बृहद प्रदर्शन गर्न लागिएको आयोजक संस्थाका संयोजक डब्बु कार्कीले बताए ।
हिन्दु राष्ट्र पुनर्स्थापना, सङ्घीयताको खारेजी र संवैधानिक राजतन्त्रको स्थापना आफूहरूको प्रमुख माग रहेको उनको भनाइ छ । आज अपराह्न १२ बजे धनगढीको बुद्ध चोकबाट सुरु हुने ¥याली अत्तरिया पुगेर पुन धनगढी फर्कने र कोण सभा हुने संयोजक कार्कीले जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा