सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । हङकङमा आगलागीमा परी सात नेपालीको मुत्यु भएको छ। तिहार मनाउन क्यान्टोन क्षेत्रको एक अपार्टमेन्टमा जम्मा भएको बेला सो आगलागी परी नेपालीहरुको मुत्यु भएको बताइएको छ।
मुत्यु हुनेहरुमाा चार जना पुरुष र तीनजना महिला छन् । तीमध्ये एकजना ९ बर्षिय बालिका रहेको बताइएको छ ।
साउथ चाइना मर्निङ पोष्टले जन्मदिनको पार्टी मनाइरहेको बेला आगलागी भएको समाचार दिएको छ। सो आगलागीमा परी १८ जना घाइते भएको र उनीहरुमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरुलाई विभिन्न अस्पताल उपचारको लागी लगिएको छ।
मृतक नेपालीहरुको परिचय अहिलेसम्म खुल्न सकेको छैन।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा