सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
तिहारका अवसरमा लक्ष्मीपूजा गर्ने क्रममा लापरवाहीपूर्वक दियो बाल्नाले विराटनगरका दुई पसलमा आगलागी हुँदा रु ६८ लाख मूल्य बराबरको मालसामान जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर–१०, ट्राफिक चोकका दिनेश अग्रवालको फेन्सी पसलमामा शनिबार राति आगलागी हुँदा सटरभित्र रहका फेन्सी तयारी कपडा, फर्निचरसहित करिब ६० लाखका सामान जलेर नष्ट भएको छ ।
यसैगरी विराटनगर–९ बसपार्क नजिक अभय अर्यालको बारीमा बाँस र टिनको छानो भएको सिरक डस्ना बनाउने घरमा शनिबार राति आगलागी हुँदा रु आठ लाख बराबरको समाग्री जलेर नष्ट भएको छ । यस किसिमका दुर्घटना रोक्न सचेत भइ पूजा गर्न प्रहरीले आग्रह गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा