सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कोरोना भाइरसजन्य रोग कोभिड १९ पीडित हास्यकलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज भएका छन् । गजुरेललाई कात्तिक १० गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसिरहेका गजुरेलको स्वास्थ्यमा थप समस्या आएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।
अहिले कोरोना रिपोर्ट नेगेटिभ आएको र स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज भएको उनले जानकारी गराएका छन् । उनले आफ्नो ट्विटर ह्यान्डलमार्फत ११ दिनको अस्पताल बसाइपछि घर फर्केर आराम गरिरहेको जानकारी गराएका छन् । केही दिनमा पूर्ण स्वस्थ भएर नियमित काममा फर्किने उनले जनाएका छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा