सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा । आज यमपञ्चको दोस्रो दिन अर्थात लक्ष्मी पुजा एवं कुकुर पुजा सोहि अनुरुपनै नेपाल प्रहरीको अनुसन्धान प्रक्रियामा थप सहजता प्रदान गर्दै अपराध अनुसन्धानको सारथीका रुपमा रहेका नेपाल प्रहरीका तालिम प्राप्त कुकुरहरुको समेत आज विधिवत पुजा गरिएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेको कुकुर शाखामा रहेका कुकुरहरुको समेत आज एक कार्यक्रमका बिच पुजा गरि कुकुरहरुलाई मिठा मिठा परिकारहरु समेत खुवाइएको छ । सशस्त्र प्रहरी गुल्म गण्डकीका प्रमुख प्रहरी निरीक्षक चन्द्रा गुरुङ र उक्त कुकुर शाखाका ईन्चार्ज प्रहरी नायव निरीक्षक विक्रम कुमार थापाले कुकुरहरुलाई माला पहिराई पुजा गरि मिठा खाने कुराहरु प्रदान गर्नु भएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा