सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । सरकारले पुस्तकमा लगाइँदै आएको कर हटाउने निर्णय गरेको छ ।
पूर्वअर्थमन्त्री युवराज खतिवडाले पुस्तक आयातमा १० प्रतिशत भन्सार महसुल लगाउने निर्णय लिनुभएको थियो । तर अर्थमन्त्रीमा बिष्णु प्रसाद पौडेललेले पुस्तकमा लगाइँदै आएको कर हटाउन प्रस्ताव सोमबारको मन्त्रिपरिषद् बैठकमा पेश गर्नुभएको थियो । सो प्रस्ताव बैठकले पारित गरेपछि अब पुस्तकमा कर नलाग्ने भएको एक मन्त्रीले जानकारी दिए ।
यसैगरी कोरोनाभाइरसविरुद्धको खोप आयातका लागि प्रक्रिया थाल्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । त्यसका लागि अर्थ, स्वास्थ्य र परराष्ट्र सचिव सम्मिलित एक समिति गठन गरिएको ती मन्त्रीको भनाइ छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा