सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । तेलुगू मेगा सुपरस्टार तथा राजनितिज्ञ चिरञ्जीवीलाई पनि कोरोना संक्रमण भएको छ । हालै गरिएको कोरोना परिक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको हो । उनले यसको जानकारी आफैले ट्विटर ह्याण्डलमा शेयर गरेर दिएका हुन् ।
मेगास्टार चिरञ्जीवीले ट्वीटमा भनेका छन्, ‘फिल्म आचार्यको शुटिङ भन्दा पहिला प्रोटोकल अन्तर्गत कोभिड–१९ परिक्षण गराएको थियो, दुर्भाग्य म मा पोजेटिभ देखियो । म मा कोरोनाको कुनै पनि लक्षण देखिएको छैन । म सेल्फ क्वारेन्टिनमा छु । जोसुकै ब्यक्ति होस पछिल्लो ५ दिनमा मलाई भेटेकाहरुलाई अनुरोध छ कि आफनो कोभिड परिक्षण गराउनु । चाडै नै तपाईहरुलाई आफु ठिक भएको सुचना दिनेछु ।’
केही दिन पहिला चिरञ्जीवीले तेलंगानाका मुख्यमन्त्रि चन्द्रशेखर रावसँग भेटघाट गरेका थिए । यो भेटमा नागार्जुन पनि समावेश थिए । मख्यमन्त्रि रावले अभिनेताहरुको भब्य स्वागत गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा