सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं । सर्वोच्च अदालतले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्काल लागु नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले दुबै पक्षलाई कात्तिक २६ गते छलफलमा बोलाउँदै तत्काल नयाँ पाठ्यक्रम लागू नगर्न आदेश जारी गरेकाे हो ।
अदालतले छलफलबाट अन्तिम आदेशको टुंगो नलागेसम्म विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ कार्यान्वयन नगरी यथास्थितीमा राख्न आग्रह गरेको छ । नयाँ पाठ्यक्रम लागु गर्न नहुने भन्दै भागवता अर्याल लगायतले पाठ्यक्रम विकास केन्द्र, कृषि तथा वन विज्ञान विश्वविद्यालय लगायतलाई विपक्षी बनाएर रिट दायर गर्नु भएको थियो ।
रिटमा प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले विपक्षीलाई नयाँ पाठ्यक्रम लागु गर्नुको कारणबारे १५ दिनभित्र लिखित जवाफ पेश गर्न समेत निर्देशन दिएको छ । निवेदकको तर्फबाट बहस गर्नु भएको वरिष्ठ अधिवक्ता लीलामणि पौडेलले गणित विषय नराखिएकाले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागु गर्न नहुनेमा जोड दिनुभएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा