सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । अनमोल केसी र सुहाना थापा अभिनीत चलचित्र ‘ए मेरो हजुर ३’ यूट्युबमा सार्वजनिक भएको छ । दिपावली अवसर पारेर यो चलचित्र बुढासुब्बा डिजिटलबाट यूट्युबमा सार्वजनिक गरिएको हो । बक्सअफिसमा ब्लकबस्टर व्यापार गरेको यो चलचित्र यूट्युबमा हेर्न दर्शकहरु लामो समयदेखि प्रतिक्षा गरिरहेका थिए ।
झरना थापा निर्देशित ‘ए मेरो हजुर ३’ बाट सुहाना थापाले अभिनेत्री रुपमा डेब्यू गरेकी थिइन् । चलचित्रले एक सेलिब्रेटी र फ्यानको प्रेमकथा वाचन गरेको छ । चलचित्रमा अनमोल केसी गायकको भूमिकामा छन् । उनको फ्यानको भूमिका सुहानाले निर्वाह गरेकी छन् ।
चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका थिए । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको चलचित्रमा सञ्जय लामाको छायांकन, कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी र हिमाल केसीको द्वन्द्व निर्देशन छ ।
चलचित्रमा अनमोल र सुहानाका अलावा सलोन बस्नेत, सरोज खनाल, रविन्द्र झा, रुपा घिसिंग, रक्षा गौतम, विशाल पहारी, रेअर राईलगायतको अभिनय छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा